सिडियो मार्फत विदेशीलाई नागरिकता बाड्ने काम राष्ट्रघाती

देश

Yugnepal     647 पटक पढिएको    

सिडियो मार्फत विदेशीलाई नागरिकता बाड्ने काम राष्ट्रघाती

सिडियो मार्फत विदेशीलाई नागरिकता बाड्ने काम राष्ट्रघाती

बुटवल। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले जन्मको आधारमा नागरिकता दिने सरकारको निर्णय राष्ट्रघाती कदम भएको टिप्पणी गरेका छन ।

संसदमा छलफलकै क्रममा रहेको नागरिकता विधेयकलाई लत्याएर सरकारले सिडियो मार्फत विदेशीलाई नागरिकता बाड्ने काम गरेको बताए ।

अहिलेको सरकारले क्याविनेटबाट निर्णय गरेर सिडियोलाई सर्कुलर पठाएका बताउँदै उनले सरकारको नागरिकताको कुराले नेपालीहरु अल्पमतमा पर्ने संभावना प्रवल रहेको उल्लेख गरे । अखिल नेपाल शिक्षक संघको पाँचौ राष्ट्रिय परिषदलाई आईतबार बुटवलमा सम्बोधन गर्दै अध्यक्ष केसीले यस्तो बताएका हुन ।

अध्यक्ष केसीले शिक्षामा भएको निजीकरणले देशमा जनशक्ति बस्ने वातावरण नरहेको बताएका छन । उनले नेपालको शिक्षा प्रणाली नै बेठिक भएको भन्दै यो शिक्षा प्रणालीले विदेश जाने जनशक्ति मात्रै उत्पादन गर्ने काम गरेको अध्यक्ष केसीले बताए ।

उनले अहिले निजि बोर्डिङ स्कूलमा पढेका विद्यार्थीहरु स्वदेशमा भन्दा विदेश जान आतुर हुने गरेको बताए । शिक्षा प्रणाली गलत हुँदा जनशिक्त पलायन हुने अवस्था आएको अध्यक्ष केसीले बताए । अहिलेको शिक्षा प्रणालीबाट देशका लागि भन्दा विदेशमा जानका लागि तयार भएको टिप्पणी गरे ।

बोर्डिङले भन्दा सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरु समाजसँग नजिक रहेको उनले बताए । सिमित शिक्षा दिइएको छ, सामुदायिक विद्यालयमा पढ्नेले समाजको संगत गर्छन ।

कार्यक्रममा शिक्षक संघका केन्द्रीय अध्यक्ष सानो  भाइकाजी कार्की, पूर्व अध्यक्ष नरेन्द्र बहादुर थापा, नेपाल शिक्षक महासंघका उपमहासचिव तारा बेल्बासे, अखिल नेपाल शिक्षक संगठन एकिकृतका बरिष्ठ उपाध्यक्ष ऋषिराम चापागाई, अखिल नेपाल शिक्षक संगठन केन्द्रीय अध्यक्ष घनश्याम पाठक, अखिल नेपाल किसान संघका केन्द्रीय उपाध्यक्ष चन्द्र बहादुर केसी, अखिल नेपाल बुद्धिजिवि संघका केन्द्रीय सल्लाहाकार दुर्गा खरेल, राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष बद्रे आलम, अनेरास्ववियू छैठौंका केन्द्रीय उपाध्यक्ष देवेन्द्र कुँवर लगायतले बोलेका थिए ।

मंगलबारसम्म चल्ने परिषदमा महासचिवको सांगठनिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन, महिला सचिवको महिला विभाग प्रतिवेदनमाथि छलफल गरि पारित गरिने महासचिव चक्रपाणी पौडेलले जानकारी दिए ।

परिषदमा देशभरका १ सय ५ जना शिक्षकहरुको सहभागिता छ ।



मङ्गलबार २६, चैत २०७५ ११:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.