केपी ओली सकुनीको भूमिकामा छन् -प्रचण्ड

युग संवाददाता     788 पटक पढिएको    

केपी ओली सकुनीको भूमिकामा छन् -प्रचण्ड

 


अनलाइनखबरबाट
फागुन १५ 

१५ फागुन, काठमाडौं । नेकपा प्रचण्ड(माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली सकुनीको भूमिकामा रहेको टिप्पणी गरेका छन् ।

शनिबार पार्टीसम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘जेलमा बस्दा महाभारत र चाणक्यबाहेक केही पढेनछन् । सकुनी खुब मनपर्छ उनलाई ।’ सकुनी महाभारतका चर्चित पात्र हुन्, जसले पाँच पाण्डवलाई वनबास पठाउन भूमिका खेलेका थिए । सकुनीलाई छलकपट र अन्यायका प्रतीकका रुपमा चिनिन्छ ।
विचार, सिद्धान्त र इमान्दारितामा कुनै मतलब नभएको तथा जालझेल मात्र जानेको भन्दै प्रचण्डले पूर्वसहकर्मी एवं प्रधानमन्त्री ओलीलाई सकुनीसँग तुलना गरे ।


उनले आफूहरु नै आधिकारिक पार्टी भएको भन्दै जनतालाई प्रष्ट पार्न पार्टीनिकट शिक्षकहरुलाई आग्रह गरे । त्यसको शर्त पहिले शिक्षकहरु नै प्रष्ट हुनुपर्ने भन्दै उनले भने, ‘तपाईहरुलाई पनि डर लाग्छ होला, माओवादी नै भइयो कि क्या हो रु प्रचण्डको कार्यकर्ता भइसकियो त रु एमाले त केपी ओली भन्छन् भनेर तपाई धरमराउनुभयो भने यता माओवादीमा बल्ल माधवको फेला प¥यो, थाहा पाउँछन् नि केही दिनपछि‍‘ यस्तो पारिदिन सिपालु छन् केपी ।’

यद्यपि पहिलो ब्याटल आफूहरुले जितेको उनले सुनाए । संसद पुनर्स्थापनाको ब्याटल सडकबाट जितेको र न्यायालयले पनि आफूहरुलाई न्याय दिएको प्रचण्डले बताए ।



शनिबार १५, फागुन २०७७ ०४:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.