संयुक्त आन्दोलन गरौं, ओलीले एक हप्तामा घुँडा टेक्छन् -बाबुराम

युग संवाददाता     674 पटक पढिएको    

संयुक्त आन्दोलन गरौं, ओलीले एक हप्तामा घुँडा टेक्छन्  -बाबुराम

 


अनलाइनखबर
 माघ २४ 


२४ माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईले संसद विघटनको विरोधमा संयुक्त आन्दोलन गर्न आव्हान गरेका छन् ।

प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै शनिबार धनकुटामा आयोजित विरोधसभामा भट्टराईले सबै दल र नागरिक समाजलाई मतभेद विर्सेर आन्दोलनमा आउन आहृवान गरे ।


‘कांग्रेस, नेकपा माधव(प्रचण्ड पक्ष, जसपा, जनमोर्चा, विवेकशील लगायतका पार्टी, नागरिक समाज सबै मिलेर एउटा आन्दोलनको आँधी बेहरी सिर्जना गर्‍यौं भने एक हप्ताभित्र केपी ओलीले घुँडा टेक्छन्’ उनले भने, ‘ओलीको प्रतिक्रान्ति सच्याउने २०६२र०६३ मा जस्तो १९ दिन आन्दोलन गर्नुपर्दैन ।’

ओलीको प्रतिगामी कदमविरुद्ध सडक संघर्ष नै उपर्युक्त विकल्प भएको उनको भनाइ छ । ‘हाम्रा मतभिन्नता छाडेर सात दिन सडक ठप्प पारौं, यो प्रतिक्रान्ति सुल्टिन्छ, हामी सही ट्रयाकमा जान्छौं’ उनले भने ।

कांग्रेसका तल्लो तहका नेता तथा कार्यकर्ताले ओलीको प्रतिगमनविरुद्ध आवाज उठाएपनि केन्द्रीय नेताहरू अलमलिएको उनको दाबी छ । ‘कांग्रेस नेताहरू आन्दोलनमा नआएर के जोखाना हेरेर बसिराख्नु भएको छ रु’ उनले भने, ‘लोकतन्त्र गयो त सबैथोक गयो, २००७ सालदेखि लोकतन्त्रका लागि लडेको कांग्रेस यस्तो बेलामा चुप लागेर बस्न मिल्छ रु’

पूर्वप्रधानमन्त्री भट्टराईले सडकमा आन्दोलन गरिरहेको नेकपा प्रचण्ड(माधव समुहले ओलीसँग निर्णायक सम्बन्ध विच्छेद नगर्दा जनता सडकमा नआएको बताए । संसद विघटन विरुद्धको आन्दोलन व्यक्तिभन्दा पनि प्रवृत्ति विरुद्धको आन्दोलन भएको उनको भनाइ छ ।



शनिबार २४, माघ २०७७ ०६:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.