ओलीको बलमिचाइँका कारण आम हडताल गर्न बाध्य'

युग संवाददाता     708 पटक पढिएको    

ओलीको बलमिचाइँका कारण आम हडताल गर्न बाध्य'


हाम्राकुराबाट


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहले संवैधानिक परिषद्को नियुक्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीले बलमिचाइँ गरेको भन्दै बिहीबार आम हडताल गर्ने घोषणा गरेको छ ।  

पार्टी कार्यालय पेरिस डाँडामा बुधवार दिउँसो आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा प्रवक्ता तथा केन्द्रीय सङ्घर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीको बलमिचाइँका कारण आम हडताल गर्न आफूहरू बाध्य भएको बताए ।

प्रवक्ता  श्रेष्ठले भने,ु केपी ओली सरकारले प्रतिनिधि सभा विघटनको असंवैधानिक अलोकतान्त्रिक निरङ्कुश र प्रतिगामी कदम चालेपछि देश आन्दोलनमय रहेकै अवस्थामा बुधवार सरकार र राष्ट्रपति मिलेर असंवैधानिक एवम् गैर कानुनी ढङ्गले नियुक्त गरिएका संवैधानिक आयोगका पदाधिकारी एवम् सदस्यहरूलाई बलमिचाइँ गरी शपथ ग्रहण गराउने कार्य भएको छ । यसको विरोधमा हामी  बाध्य भएर  बिहीबार आम हडताल गर्दैछौँ । ु

उनले प्रधानमन्त्री ओली सरकारी गुटको नेता मात्रै भएको आरोप लगाए । ओली सरकार नीतिगत निरन्तरतामा भन्दा पनि भ्रम पार्न र स्वार्थ पूरा गर्न लागिपरेको उनको भनाइ छ ।

प्रचण्ड( माधव पक्षको विरोधपछि पनि सरकारले विभिन्न संवैधानिक निकायमा सिफारिस भएका ३८ जनामध्ये ३२ जना पदाधिकारीहरूलाई बुधवार शपथ ग्रहण गराएको छ  ।



बुधबार २१, माघ २०७७ ०४:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.