सरकारले विप्लव समूहसँग सुरु गर्‍यो अनौपचारिक वार्ता

युग संवाददाता     676 पटक पढिएको    

सरकारले विप्लव समूहसँग सुरु गर्‍यो अनौपचारिक वार्ता

 

हाम्रा कुराबाट


काठमाडौँ  माघ २० सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बिच अनौपचारिक वार्ता सुरु भएको छ ।  सरकारले विप्लव समूहलाई राजनीतिको मूलधारमा ल्याउन प्रयत्न गर्दै आइरहेका बेला खानेपानी मन्त्री मणि थापाले मङ्गलवार जेलमा रहेका विप्लव समूहका नेतालाई भेटेका हुन् ।
 
मन्त्री थापाले नख्खु कारागारमा रहेका विप्लव समूहका नेता हेमन्तप्रकाश ओली‘सुदर्शन’सँग करिब ४५ मिनेट कुराकानी गरेका हुन् ।  
लक्खु कारागारमा खानेपानी समस्या रहेको र कारागार अव्यवस्थित रहेको भन्दै कारागार व्यवस्थापनले गुनासो गरेपछि मन्त्री थापा त्यही बहानामा अनुगमन गर्न भन्दै मङ्गलवार बिहान १० कजे लक्खु कारागार पुगेका थिए ।

सो क्रममा उनले विप्लव समूहका नेता सुदर्शनसँग भेट गरेको नख्खु कारागारका प्रमुख मोहन अधिकारीले हाम्रा कुरालाई जानकारी दिए । भेटमा मन्त्री थापाले विप्लव समूहका नेता सुर्दशनलाई हिंसात्मक गतिविधि छाडेर शान्तिपूर्ण राजनीतिमा आउने हो भने सरकार वार्ताका लागि सकारात्मक रहेको र सोका लागि प्रतिबद्धता आए सरकारले प्रतिबन्ध समेत फुकुवा गर्ने बताएको स्रोतले जानकारी दियो ।

बमख
बमख
बमख
मन्त्री थापासमेत पूर्व माओवादी पृष्ठभूमिका हुन् । प्रधानमन्त्रीले केही दिनअघि असन्तुष्ट समूहहरूलाई वार्तामार्फत मूलधारमा ल्याउने बताए लगत्तै पूर्वमाओवादी पृष्ठभूमिका मन्त्रीहरू विप्लव समूहसँग वार्ताका लागि प्रयासरत रहँदै आइरहेका छन् ।

सत्तारुढ नेकपा भित्र विभाजनका गतिविधि अघि बढ्दै गर्दा प्रधानमन्त्री ओली विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिको मूल धारमा ल्याउँन भन्दै वार्ताको प्रक्रिया अघि बढाउन सकारात्मक बनेका हुन । सरकारले छिट्टै वार्ता समिति पनि बनाउने तयारी गरेको छ ।

नेकपा भित्र विभाजनको प्रक्रिया अघि बढ्दै गर्दा प्रधानमन्त्री ओलीले पूर्व जनमुक्ति सेनालाई समेत विश्वासमा लिन प्रयत्न गर्दै आइरहेका छन् । उनले केही दिनअघि पूर्व जनमुक्ति सेनालाई बालुवाटार मै बोलाएर उनीहरूका गुनासा सुनेका थिए । यस्तै जनयुद्धका घाइतेहरूलाई समेत ओलीले फकाउँदै आइरहेका छन् ।

सरकारले विध्वंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै सो समूहमाथि २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो । विप्लव समूहले भने सरकारलाई औपचारिक रूपमा नै पहल गर्न आग्रह गरेको बताइन्छ । सो समूहले भने पहिले प्रतिबन्ध फुकुवा, त्यसपछि पक्राउ परेका आफ्ना नेता कार्यकर्ताहरूको रिहाइ र वार्ताका लागि औपचारिक आह्वानको लागि आग्रह गरेको स्रोतको दाबी छ ।



मङ्गलबार २०, माघ २०७७ ०६:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.