गौरीगङ्गा नगरपालिकाद्धारा  तथ्याङ्क सङ्कलन शुरु

युग संवाददाता     873 पटक पढिएको    

गौरीगङ्गा नगरपालिकाद्धारा  तथ्याङ्क सङ्कलन शुरु

 


धनगढी माघ ५ - गौरीगङ्गा नगरपालिकाले जग्गा नापपास गर्न विवरण संकलन गर्न  सुरु गरेको छ ।  भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास गरेका व्यक्तिहरुको जग्गा नाप पासका लागी  विवरण सङ्कलन गर्न थालेको हो ।

पुस १५ बाट जग्गा तथ्याङ्क टोली नगरपालिकाको प्रत्येक वडामा गएको गौरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीले जानकारी दिए । उनले सुदूरपश्चिममै पहिलोपटक गौरीगंगा नगरपालिकाले जग्गा तथ्याङ्क लिन शुरु गरेको बताए ।

भूमिहीन दलित र सुकुम्बासीको तथ्याङ्क संकलनका लागि रातो फाराम र अव्यवस्थित बसोबासका लागि सेतो फाराम छनोट गरिएको छ  । संकलन गरिएका तथ्याङ्क फाराम वडा सदस्यबाट सिफारिस भइ कर्मचारीले रुजु गर्नेछन् । त्यसलाई वडा अध्यक्षयको प्रमाणित गरेपछि मात्र नगरपालिकाको ईकाई कार्यालयको कम्प्युटरमा ईन्ट्री हुने छ । जोशीका अनुसार कम्प्युटर ईन्ट्री पश्चात् संकलन गरिएका सबै फाराम नगर सहजिकरणमा गई त्यहाँ निर्णयपछि मात्र भूमिसम्बन्धी समस्या आयोगमा पठाइने बताए । आयोगले ठीक छ भनेपछि जग्गा नाप्ने प्रकृया अघि बढ्ने उनले बताए ।

जग्गा नापपास पश्चात् आयोगबाट पुर्जा बनाइ नगरपालिका आउने र नगरपालिकाले वडालाई जिम्मा लगाइ अध्यक्षको रोहोबरमा पूर्जा वितरण हुने जोशीले जानकारी दिए । 

जेठ अन्तिमसम्ममा पूर्जा वितरण गरी सक्ने लक्ष्य लिएको जोशीको भनाइ छ । कैलालीको ९ पालिकाहरुमा विवरण संकलन गर्ने कार्य सुरुवाती चरणमा रहेको उनले बताए ।



सोमबार ०५, माघ २०७७ ११:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.