प्रचण्ड भेट्न खुमलटार पुगे वामदेव

युग संवाददाता     859 पटक पढिएको    

प्रचण्ड भेट्न खुमलटार पुगे वामदेव


अनलाइनखबरबाट 
१७ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का नेता वामदेव गौतम पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । गौतम बिहान साढे नौ बजेतिर खुमलटार पुगेका थिए ।

प्रचण्डसँग झण्डै एक घण्टा छलफल गरेर गौतम फर्किएका छन् । नेकपा विभाजन पछि गौतम कुनै समूहमा पनि गएका छैनन् । नेकपा विभाजन रोक्न प्रयास गर्ने गौतमले बताउँदै आएका छन् ।

यसअघि प्रचण्ड र माधवकुमार नेपालको गठबन्धनमा रहँदै आएका गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेकोमा बिमति जनाएका छन् । तर, गौतम प्रचण्ड र माधव समूहमा गएका छैनन् । प्रचण्डले भने गौतम आफूहरुसँगै उभिने बताउँदै आएका छन् ।



शुक्रबार १७, पुष २०७७ १२:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.