केपी ओलीविरुद्ध विप्लवसहित चार पार्टीको रणनीतिक मोर्चा बन्ने

युग संवाददाता     1317 पटक पढिएको    

केपी ओलीविरुद्ध विप्लवसहित चार पार्टीको रणनीतिक मोर्चा बन्ने


रातोपाटीबाट साभार

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित चार साना कम्युनिस्ट घटकहरुले केपी ओली सरकारको निरंकुशता, फसिवाद दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध अग्रगामी राजनीतिक निकासका लागि रणनीति मोर्चा बनाउने भएका छन् ।


मोर्चामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन बैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९क्रान्तिकारी माओवादी०, ऋषिराम कट्टेलको नेपाल कम्युनिस्ट पार्टी र आहुती नेतृत्वको वैज्ञानकि समाजवादी कम्युनिस्ट पार्टी रहने भएका छन् । 

विप्लव, वैद्य, कट्टेल र आहुतीले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै रणनीतिक मोर्चाको अवधारणा, संरचना र आगामी कार्यक्रम चाडै सार्वजनिक गर्ने जनाएका छन् ।

उनीहरुले अहिलेको समस्याको समाधान संसद पुनर्स्थापना वा मध्यावधि निर्वाचन हुन नसक्ने ठहर पनि गरेका छन् । 



बुधबार १५, पुष २०७७ ११:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal