सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री बर्खास्त

नेकपा विवाद

युग संवाददाता     903 पटक पढिएको    

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री बर्खास्त


धनगढी – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री पठान सिंह बोहरालाई मुख्यमन्त्रीले बर्खास्त गरेका छन् । बर्खास्त गर्नुको कारण भने खुलाइएको छैन ।

भौतिक पूर्वाधर मन्त्री बोहरा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका हुन् । सुदूरपश्चिम प्रदेश सरकारमा भौतिकपूर्वाधार मन्त्री मात्रै ओली पक्षका हुन् । केन्द्रमा भएको विभाजन अनुसार प्रदेशमा प्रचण्ड–नेपाल पक्षको स्पष्ट बहुमत छ ।

प्रचण्ड–नेपाल पक्षका केही नेता ओली खेमामा जाने तयारी गरिरहेकै बेला प्रचण्ड–नेपाल समूहका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले सुदूरपश्चिममा आएर सक्रियता जारी राखेका छन् ।



मङ्गलबार १४, पुष २०७७ ०५:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.