कोरोना भाइरसविरुद्धको खोपबारे जान्नैपर्ने कुरा

युग संवाददाता     1003 पटक पढिएको    

कोरोना भाइरसविरुद्धको खोपबारे जान्नैपर्ने कुरा

 

काठमाडौं । तीन प्रमुख कम्पनीहरुले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीलाई रोक्न खोप बनाएका छन् । कोरोना भाइरसविरुद्धको एक खोप अमेरिकी फार्मास्युटिकल कम्पनी फाइजरले जर्मन पार्टनर बायोएनटेकसँग मिलेर बनाएको छ ।


त्यस्तै अर्को बायोटेक्नोलोजी फार्म मोर्डना र तेस्रो अक्सफोर्ड विश्वविद्यालय र यसको पार्टनर एस्ट्राजेन्काले बनाएको हो । यो खोप धेरैजसो देशमा करदाताको पैसा एवं सरकारी पैंसाले खोप किनेर सरकारले नै निःशुल्क लगाउने भनिएको छ ।

तर कोरोना विरुद्धको खोप एकपटक लगाइसकेपछि जीवनभरका लागि प्रतिरक्षा बलियो रहन्छ या प्रत्येक वर्ष लगाउनुपर्छ भन्नेबारे थप अध्ययन भइरहेको छ ।

अब के हुन्छ 
गत नोबेम्बर ९ मा फाइजरले बनाएको खोप ९० प्रतिशत सफल देखिएको थियो । नोभेम्बर १६ मा मोर्डनाको खोप पनि ९५ प्रतिशत सफल देखिएको थियो । एस्ट्राजेनेकाको खोप नोभेम्बर २३ मा ६२ देखि ९० प्रतिशत सफल देखिएको थियो ।

अहिले फाइजरको खोप अमेरिकामा आम नागरिकलाई दिन सुरु भइसकेको छ भने, मोर्डनाको खोप खाद्य एवं औषधि प्रशासनमा निरीक्षणका क्रममा रहेको छ । एस्ट्राजेनेकाको खोपको नतिजा सकारात्मक देखिएपनि भ्रमपूर्ण भएकाले पुन परीक्षणकै क्रममा रहेको हो ।

कहिले लगाउन मिल्छ खोप 
खोप पाउने विषयमा प्रत्येक मानिसको कार्य क्षेत्र, उमेर र स्वास्थ्य अवस्थाले निर्भर गर्छ । यस वर्षको अन्त्यसम्म दुई करोड मानिसलाई खोप लगाउने लक्ष्य रहेको छ । यद्यपी नेपालमा खोप ल्याएर लगाउन अलि बढी समय कुर्नुपर्नेछ ।

खोप कसरी एक ठाउँबाट अर्को ठाउँमा पठाइन्छ रु
फाइजर र बायोटेकको खोप माइनस ७० डिग्री तापक्रममा राखेर एक ठाउँबाट अर्को ठाउँ पठाउन सकिने छ । कम्पनीहरु आफैंले पनि खोप डेलिभर गर्नका लागि बरफले भरिएका कुलर उत्पादन गरेका छन् ।

२ मिलिलिटरको ‘भाइल’मा ५ डोज खोप राखिने छ । त्यसपछि ‘ट्रे’मा ती भाइल राखिनेछन् । एक ट्रेमा १९५ भाइल अटाउँछन् भने एक बाकसमा ५ ट्रे रहने छन् ।

भ्याक्सिनका कार्टनुहरु ५० पाउण्डको बरफको प्लेटले बेरिनेछन् । सो कार्टुनको तापक्रम जीपीएस सिस्टमबाट चेक गरिरहिने छ ।

एक व्यक्तिलाई कति डोज

मोर्डना र फाइजरको खोपको २ डोज एक जनालाई दिइने छ । फाइजरको खोप पहिलो खोप दिएको तीन हप्तापछि अर्को खोप दिइने छ भने मोडर्नाको खोप पहिलो खोप लाएको चार हप्तापछि दोस्रो लगाइने छ । एस्ट्राजेनेकाको खोप पनि २ डोज अर्थात २ पटक नै दिइने छ ।

खोप लगाएको कति दिनमा काम गर्छ 

क्लिनिकल परीक्षणको तथ्यांकले दोस्रो डोज लगाएको पहिलो हप्ता सकिएपछि मात्रै खोपले पूर्ण क्षमतामा काम गर्ने देखाएको छ । पहिलो खोप लगाएको पहिलो हप्तामा ५० प्रतिशत मात्रै काम गरेको परीक्षणमा देखिएको थियो ।

अर्को खोप लगाउन बिर्से वा छुटे भने के हुन्छ 
दुई डोज खोपमध्ये, दोस्रोले क्षमता बढाउने काम मात्रै गर्ने भएका कारण भनिएकै समयमा लगाउन नसकिए पनि फरक नपर्ने बताइएको छ । पहिलो खोप लगाएको जतिसुकै समयपछि पनि अर्को खोप लगाउन सकिनेछ ।

यति छिटो कसरी खोप बन्यो रु
इतिहास हेर्ने हो भने खोप बनाउन वर्षौं लाग्ने गरेको पाइँन्छ । अहिलेसम्म सबैभन्दा छिटो बनेको खोप ‘मम्पस’विरुद्धको खोप हो । जसलाई पाँच वर्ष लागेको थियो ।

यद्यपी ‘एमआरएनए’पद्धतीको यो पहिलो खोप चीनम नै महामारी फैलिएका बेला अनलाइनबाटै अमेरिकामा नमूना पठाइएको थियो । अमेरिकामा संक्रमण फैलिनु अघिदेखि नै खोप बनाउन थालेकाले छिट्टै सम्भव भएको हो । त्यसमाथि एमआरएनए खोप बनाउन धेरै समय लाग्दैन ।

के खोप सुरक्षित छन् 

खोप पूर्णरुपमा सुरक्षित छन् भनेर अहिले भन्न सकिने अवस्था छैन् । यद्यपी यसका साइड इफेक्ट सामान्य र थोरै छन् । खोप लगाएको ठाउँमा दुख्ने, ज्वरो आउने, टाउको दुख्ने जस्ता सामान्य असरहरु देखिएका छन् ।
त्यस्तै विश्व विद्यालय एवं अन्य संघ संस्थाहरुले हजारौंलाई खोप दिएका थिए  र खोप लगाइएपछि दुई महिनासम्म स्वास्थ्य फलोअप गरिएको थियो । तर, कुनै स्वास्थ्य समस्या देखिएन ।

स्वास्थ्य समस्या पनि आउनसक्छ
खोप लगाइएपछि केही अप्रत्यासित घटनाहरु घटिरहेका छन् । यसअघिका र अन्य कुनैपनि खोप लगाएपछि समेत खोप अचानक मृत्यु, मानसिक एवं गम्भीर शारीरिक परिवर्तन एवं अन्य गम्भीर समस्या हुनेगर्छ ।
त्यसपछि के कारणले समस्या आयो र यस्ता केसहरुको गहन अध्ययन पनि हुने गर्छ । सुन्दा डर लाग्ने भएपनि करोडौं मानिसको ज्यान सुरक्षित रुपमा जोगिने हुँदा खोप सबैलाई लगाइन्छ ।

खोपले कसरी काम गर्छ 
कोरोना भाइरसविरुद्ध फाइजरले खोप ‘म्यासेन्जर आरएनए’ खोप हो । अमेरिकी खाद्य व्यवस्था विभागले अनुमति दिएको कोरोना भाइरविरुद्धको खोप नै इतिहासकै पहिलो ‘म्यासेन्जर आरएनए’ खोप हो । 
आजसम्मका अन्य खोपहरु या त मृत भाइरसको प्रयोग गरेर, या कमजोर भाइरस अथवा ल्याबमा प्रोटिन बनाएर निर्मित भइ आएका थिए ।

दुवै किसिमका खोपको काम भने कोरोना भाइरसको जेनेटिक कोड प्रयोग गरेर कोषको सतहमा ‘स्पाइक’ बनाएर भाइरसलाई कमजोर बनाउनु हो । फाइजरको खोप एमआरएनए अर्थात कोरोना भाइरसको एक जेनेटिक मेटेरियल ९आनुवांशिक सामग्री० राखेर बनेको हो ।

यो एमआरएनए’धेरै नै कमजोर ९पग्लेर हराउने हुँदा० यसलाई एकदमै कम तापक्रम भएको वातावरण आवश्यक पर्ने गरेको हो । सिरिन्ज अर्थात सुईका माध्यमबाट हाम्रो शरिरभित्र एमआरएनए पसेपछि यसले शरीरमा भएका कोषहरुलाई ‘स्पाइक प्रोटिन’ बनाउन लगाउछ ।

‘एमआरएन’ शरिरभित्र गएको एकदुई दिनमै नष्ट भइहाल्छ तर कोषहरुले भने अब, स्पाइक प्रोटिन बनाउन थाल्छन् । यी स्पाइक प्रोटिनहरु कोषको बाहिरी सतहमा टाँसिन थाल्छन् । यसै अवस्थालाई प्रतिरक्षा प्रणाली बलियो भइसकेको अवस्था भनिन्छ ।

यसरी खोप पाएका कोषहरु कोरोना संक्रमण भएपछि मर्छन् । कोष मर्दा स्पाइक प्रोटिन पनि छताछुल्ल हुन्छ । त्यसपछि ‘एन्टिजिन प्रजेन्टिंग कोष’ भनिने एक किसिमको ‘प्रतिरक्षा कोष’ले स्पाइकलाई समात्छ ।
यसरी कोष मरेपछि एन्टिजिन प्रजेन्टिंग कोषले स्पाइक प्रोटिन बोकेको कुरा अर्को प्रतिरक्षा कोष ‘हेल्पर(टी कोष‘ले थाहा पाउँछ र ‘हेल्पर(टी कोष‘ले अन्य कोषहरुलाई सचेत रहन चेतावनी गराउछ ।

‘हेल्पर(टी कोष‘ले अर्को बी(कोषलाई पनि सूचना दिन्छ । त्यसपछि बी(कोषले एन्टीबडीका रुपमा स्पाइक प्रोटिनको वर्षा गराउँछ । बी(कोषबाट आएका ती एन्टिबडीले कोरोना भाइरसलाई घेर्छ र कोषसम्म पुग्न नदिंदै मारिदिन्छ ।

त्यस्तै किलर टी(कोष भनिने अर्को कोषले कोरोना भाइरस लागेका कोषहरुलाई पनि मारिदिन्छ । यसरी एन्टिबडीले अन्य कोषहरुमा कोरोना भाइरसलाई पुग्न नदिइ मारिदिन्छ । शरिरमा सबै भाइरस मरिसकेपछि मान्छे निको हुँदा एन्टिबडी र टी कोषको संख्या घट्छ तर, मेमोरी(बी सेलर मेमोरी(टी सेलले स्पाइक प्रोटिन राखेर पछि संक्रमण हुँदा पनि यसरी नै बचाउँछ ।

एकपटक संक्रमित भइसकेकाले पनि खोप लगाउन मिल्छ 
कुनै भाइरसको हकमा एक पटक संक्रमण भइसकेर निको हुँदा प्रतिरक्षा प्रणाली बलियो हुन्छ । तर सबै भाइरसको हकमा हुँदैन । जस्तो कि टिटानस र एचपीभीको हकमा खोपले मात्रै प्रतिरक्षा क्षमता दिगो रुपमा बलियो बनाउँछ । अझैं अध्ययनकै क्रममा भएकाले यसबारे स्पष्ट धारणा आइसकेको छैन् ।

बृद्धबृद्धा, गर्भवती र सुत्केरी महिलाले पनि खोप लगाउन मिल्छ 
गर्भवती र सुत्केरी महिलाका हकमा खोपको परीक्षण भएको छैन् । यद्यपी डाक्टरसँगको सल्लाह अनुसार खोप लगाउने विषयमा सोच्न सकिन्छ । अहिलेसम्मको अध्ययनले वृद्धहरुमा पनि खोपले काम गर्ने देखिएको छ ।

के खोपले प्रजनन क्षमतालाई असर गर्छ 
खोपले प्रजनन क्षमतालाई असर गर्ने गलत समाचार पनि फैलिरहेको पाइएको छ । तर, यो झुटो भएको अनुसन्धानकर्ताहरुले बताइरहेका छन् । खोपले तयार पार्ने एन्टिबडीले प्रजननका बेला बन्ने प्रोटिनलाई पनि आक्रमण गर्छ र गर्भ रहँदैन भन्ने दाबी रहेको छ । यद्यपी यी दुवै प्रोटिन थोरै मात्रै गुण मिल्ने भएका कारण त्यो सम्भव छैन् ।९वासिंङटन पोष्ट र न्यूर्योक टाइम्सको सहयोगमा०



बिहिबार ०२, पुष २०७७ ०६:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.