नारायणगढ–मुग्लिन सडक,  अवरुद्ध, ठाउँठाउँमा पहिरो

Yugnepal     81 पटक पढिएको    

नारायणगढ–मुग्लिन सडक,  अवरुद्ध, ठाउँठाउँमा पहिरो

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पुनः पहिरो  खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने सो स्थानमा बिहीबार बिहान ४ः३० बजे पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो खस्ने क्रम जारी  छ । पहिरो खस्न रोकिएसँगै बिहानैदेखि सडक सफा गर्न शुरु गरिएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ । 

पहिराका कारण सो सडकखण्ड हुँदै चल्ने सवारी साधन बाटामा रोकिएका छन् । बुधबार बिहान खसेको पहिरो पन्छाएर ११ बजेदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको थियो । सो सडकमा सोमबार रातिदेखि पटक पटक पहिरो खस्दै आएको छ ।



बिहिबार ०१, असोज २०७७ १२:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019
Anubhabi Technologies Pvt. Ltd.