भन्सार छली गरेका सामाग्री बरामद

युग संवाददाता     823 पटक पढिएको    

भन्सार छली गरेका सामाग्री बरामद

धनगढी - भारतबाट भन्सार छलेर ल्याउँदै गरेका ९६ हजार मुल्य बराबरका विभिन्न सामाग्री सशस्त्र प्रहरीले धनगढीका विभिन्न स्थानबाट बरामद गरेको छ ।

 सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण बाट खटिएको टोलिले धनगढी–२ सन्तोषिटोल र वडा नम्बर–१९ फुलवारी ईलाकाबाट भन्सार छलि गरेर नेपाल भित्र्याउदै गरेको अवस्थामो फेन्सी कपडा, हार्डबेयर लगाएतका सामाग्री बरामद गरीएको हो ।

 बरामद सामाग्री कैलाली भन्सार कार्यालयमा बझाइएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ ।



आइतबार २१, भदौ २०७७ ०७:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.