निषेधाज्ञापछि सुनसान बजार

युग संवाददाता     797 पटक पढिएको    

निषेधाज्ञापछि सुनसान बजार


महेन्द्रनगर

कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजार निषेधाज्ञापछि सुनसान बनेको छ । बजार क्षेत्रमा आसिंक रुपमा सवारी गुडेपनि बजार क्षेत्र भने सुनसान छ । बजार क्षेत्रमा रहेका केही किराना पसल लगायत केही स–साना पसल खुले पनि धेरैजसो बजार बन्द छ ।

 निषेधाज्ञा जारी भएसँगै बजारमा किनमेल गर्न आउने मानिसहरुको भिडमा पनि नियन्त्रण भएको छ । कोरोनाको संक्रण बढिरहेको अवस्थामा र सुदुरपश्चिमेली महान चाडपर्व सँगै आएको बेला जिल्ला प्रशासन कार्यालयले हिजो राती १२ बजेदेखी बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

 जिल्ला प्रशासन प्रशासन कार्यालय कञ्चनपुरका अनुसार निषेधाज्ञाको अवधिमा सबै प्रकारका निजी तथा सार्वजनिक सवारी साधन जोर बिजोरका आधारमा सञ्चालन गर्न पाइने छ भने औषधि, खाद्यान्न, तरकारी, दुध, फलफूल, माछा, मासु लगायत अत्यावश्यक बस्तुहरु किन्न मात्रै सवारी साधन प्रयोग गर्न पाइने छन् । बैंकिङ सेवा भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने र सम्भव नभए स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार न्यूनतम कर्मचारी उपस्थित गराई सेवा प्रवाह गर्न प्रशासनले विहिवार विज्ञप्ती जारी गर्दै निर्देशन दिएको छ ।



शुक्रबार ०५, भदौ २०७७ ०९:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.