डोटी बस दुर्घटनामा  ३ जनाको मृत्यु

युग संवाददाता     954 पटक पढिएको    

डोटी बस दुर्घटनामा  ३ जनाको मृत्यु

 


  डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना मृत्यु भएका तीन जनाको सनाखत भएको छ ।

   मृत्यु हुनेमा अछाम बान्नीगडी ३ बस्ने ६० बर्षका पदम साउद, चौरपाटी ७ बस्ने ३५ बर्षका टीकाराम विक र कैलालीको नारायपुर ४ की ५५ बर्षकी लछ्मा विक रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरिक्षक मोहन बहादुर साउदले जानकारी दिए । 

 कैलालीबाट अछाम जाँदै गरेको बस दुर्घटना भएको  थियो । डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने २९ जना घाइते भएका थिए  ।

  जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार ना ६ ख २५२९ नम्बरको बस दुर्घटनामा परेको हो ।  नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले घाइतेहरुको उद्धार गरि जिल्ला अस्पताल डोटीमा पुगाएको छ ।



बुधबार २८, साउन २०७७ ०६:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.