बाजुरामाको पुर्बित्तर क्षेत्रमा खाद्यान्न संकट शुरु

Yugnepal     950 पटक पढिएको    

बाजुरामाको पुर्बित्तर क्षेत्रमा खाद्यान्न संकट शुरु


 निमेन्द्र शाही
खाद्यान्न ढुवानीमा हवाई मार्गबाहेक अरुको बिकल्प छैन
बाजुरा । बाजुरा जिल्लाको पुबित्तर क्षेत्रका चार वटा स्थानिय तहमा खाद्यान्न संकट शुरु भएको छ । त्यस क्षेत्रमा रहेका खाद्य ब्यवस्थापन तथा ब्यापार कम्पनी लिमिटेडको कोल्टी डिपो र कवाडी डिपोमा खाद्यान्नको मैजात दुई महिना देशी शुन्य बनेको छ । कोरोनाका कारण भारत र जिल्ला बाहिर रहेको जनसंख्या जिल्लामा भित्रीए संगै जेठको दोस्रो साताबाट ति डिपोमा चामलको मैजात राख्न सकीएको छैन ।

लिमिटेडको क्षेत्रीय कार्यालय धनगढीबाट समयमा चामल नपठाएका कारण यो समस्या आएको र अहिले बाजुरा आउँने बाटो बिग्रेका कारण हवाई बाहेक स्थलगत ढुवानीको बिकल्प नहुँदा त्यस क्षेत्रमा खाद्यान्नको समस्या भएको हो । लिमिटेडको कोल्टी डिपोमा गत आर्थिक बर्षको आठ हजार क्विण्टल चामल पुरा ढुवानी हुन सकेन भने कवाडी डिपोमा भएको दुई हजार क्विण्टल डिपोमा पुगाउँन बित्तीकै बिक्री भएर मैजात सकिएको थियो । त्यस पछि सडको समस्या देखाउँदै लिमिटेडले खाद्यान्न आपुर्ति गर्न सकेको छैन । बाजुरामा आफ्नो उत्पादनले तिन महिना मात्र खान पुग्ने जनसंख्या ४० प्रतिशत छ ।

हरेक बर्ष एघार हजार मेट्रीटन खाद्यान्न अभाव हुँने गरेको छ । त्यसको पुर्ति लिमिटेडले गर्ने गरेको देखिन्छ । कोरोनाले समस्यामा रहकेका यहाँका जनतालाई भोकमरीले सताउँने देखिन्छ ।

कृर्षि ज्ञान केन्द्रको कार्यालय बाजुराले दिएको जानकारी अनुसार जिल्लाको पुरा क्षेत्रफलको ९।२१ प्रतिशत खेतीयोग्य जमीन रहेको छ । त्यसमा जम्मा सिंचित क्षेत्र १।४२ प्रतिशत मात्र रहेको छ । अर्थात ७।७९ प्रतिशत जमीनमा सिंचाई सुबिधा छैन जिल्लाको कुल २० हजार १ सय ५५ हेक्टर खेतीयोग्य जमिनमध्ये ३ हजार १ सय १५ हेक्टरमा मात्र सिंचाइ सुविधा रहेका छ । आकाशे पानीको भरमा खेति हुँने हुँदा किसानले अहिले रोपाई गर्न शुरु गरेका हुन् । बाजुरा खाद्य सुरक्षाको उच्च जोखिमयुक्त जिल्ला हो । बाली सप्रेकै अवस्थामा समेत यहाँ वार्षिक ११ हजार मेट्रिक टन खाद्यान्न अपुग हुने कृषि कार्यालयको तथ्यांक छ ।

कृर्षि ज्ञान केन्द्र बाजुराका कृर्षि प्रशार अधिकृत मिन प्रशाद जोशीले भने ‘हाम्रो जिल्ला खाद्य सुरक्षाको उच्च जोखिमयुक्त जिल्ला हो। बाली सप्रेकै अवस्थामा समेत यहाँ वार्षिक ११ हजार मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको छ । यस बर्ष गहुँ खेती समेत त्यति राम्रो भएको छैन बिष प्रतिशत उत्पादन घटेको छ । हाम्रोमा तिन महिना मात्र खाना पुग्ने ४० प्रतिशत जनसंख्या छ ।’ उनका अनुसार असार साउँन र भदैमा गरेर उनिहरुसंग खाद्यान्न अभाव भै सकेको छ । खाद्यान्नले आपुर्ति नगर्ने हो भने ठुलो संख्यामा भित्रीएको जनसंख्यालाई खाद्यान्न ब्यवस्थापनका लागि समस्या छ ।

नागरीक समाज बाजुराका अध्यक्ष अग्निराज शाहीले भने ‘मान्छेले बाँच्न पाउँने अधिकार राज्यले सुरक्षीत गरीदिनु पर्छ । स्थलगत मार्गबाट सम्भव देखिदैन चारै तिरको बाटो पहिरोले बगाएकाले तिहार अगाडी खोल्न सम्भव छैन । कोल्टीमा रहेको एयरपोर्टबाट हवाई मार्फत ढुवानी गरेर चाँडो भन्दा चाँडो खाद्यान्न आपुर्तिमा जोड दिनु पर्ने देखिन्छ ।’

खाद्य ब्यवस्थापन तथा ब्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख मेघराज ओझाले भने ‘बर्षातका कारण सडक बिग्रेर हामीले ढुवानी गर्न सकेका छैनौं बुढीनन्दा नगरपालिकाको कोल्टी डिपोर र हिमाली गाउँपालिकाको कवडी डिपोमा खाद्यान्न मैजात भएको लामो समय भैसक्यो । स्थलगत रुपमा ढुवानीको तत्काल सम्भावना छैन । त्यसकारण कोल्टी एयरपोर्टबाट हवाई मार्फत ढुवानी गरे मात्र समस्या समाधान हुँन सक्छ ।’

सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले भने ‘जिल्लाको पर्बुत्तिर क्षेत्रमा खाद्यान्नको समस्या छ । त्यहाँको खाद्य डिपोमा चामलको मौज्दात शुन्य छ । त्यसका लागि जिल्ला खाद्य ब्यवस्थापन मितिले दुई पटक माग गरी पठाएको छ । तर आपुर्ति हुँन सकेकै छैन । अब बाटो तिहार अगाडी नबन्ने भएका कारण हवाई जहाज बाट ढुवानीको लागि निर्णय गरी माग गर्ने योजना बनाएका छौं ।’

हरेक बर्ष खाद्यान्न समस्या हुँने बाजुराको पुर्बित्तर क्षेत्रमा यस बर्ष कोरोनाका कारण गाउँमा आएको ठुलो जनसंख्या ब्वस्थापन र यस बर्षको उत्पादन घटेका कारण खाद्यान्न अभावले भोकमरीको अवस्था सृजना भएको छ । यसको ब्वस्थापनका लागि हजाई ढवानी गरी समस्या समाधान तर्फ राज्यले जागरुपता देखाउँन जरुरी छ ।



बिहिबार २२, साउन २०७७ ११:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.