उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

Yugnepal     75 पटक पढिएको    

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ


घोराही । दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उपाध्यायलाई १ लाख २४ हजार ७५० रुपैयाँ नगद र फिक्स डिपोजिट तथा बैंक डिपोजिटसहित १३ लाख २४ हजार ४६ गरी कूल १४ लाख ४८ हजार ७९६ रुपैयाँ बराबरको रकमसहित पक्राउ गरेको हो ।

उपाध्याय स्रोत नखुलेको अस्वाभाविक रकम साथमा लिएर हिँडेको भन्ने सूचनाको आधारमा अख्तियारको टोलीले काठमाडौंको नागढुंगाबाट नियन्त्रणमा लिएको हो । उनीमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 
अनलाइनखबरबाट साभार



शनिबार १७, साउन २०७७ ०५:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019
Anubhabi Technologies Pvt. Ltd.