भारी वर्षाको सम्भावना स् बाढी, पहिरो र डुबानबाट सतर्क रहन आग्रह

Yugnepal     1000 पटक पढिएको    

भारी वर्षाको सम्भावना स् बाढी, पहिरो र डुबानबाट सतर्क रहन आग्रह


काठमाडौं । सातवटै प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना भएकाले सतर्क रहन सरकारले आग्रह गरेको छ ।

वर्षाका कारण नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएको भन्दै जल तथा मौसम विधान विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । 

विभागले वर्षाका कारण सडक तथा हवाई सेवा पनि प्रभावित हुनसक्ने जनाएको छ । 

आज देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका  केही स्थानमा र प्रदेश ५, सुदुरपश्चिम प्रदेश र  कर्णाली प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

यस्तै आज राति देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र  गण्डकी प्रदेशका थोरै स्थानमा साथै बागमती प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।
 
काठमाडौंमा बिहानैबाट मौसममा बदली आएको छ भने उपत्यकाका अधिकांश स्थानमा हल्का वर्षा भइरहेको छ । 
 बाह्रखरीबाट साभार 



शनिबार २७, असार २०७७ ०२:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.