आत्मा अशान्तै (कविता)

Yugnepal     2155 पटक पढिएको    

आत्मा अशान्तै (कविता)

गणेश नेपाली -

आत्मा त्यो नबराजको अनि ति साथीहरूको पनि ।

हत्यारा जसरी भए नि बलिया आत्मा अशान्तै छ नि ।।

चकैव्यूह रचेर दुष्ट जनले मार्दा नि मुक्तै भए ।

शंका लागिरहे छ आखिर तिरै निस्सा लुकाई दिए ।।

वर्णैवाद छ है जहाँ कहर जातैको हुने निश्चित ।

खेलाची हुन लाग्छ नश्लिय अहंकार प्रथा नज्दिक ।।

पेशा हो त्यो पद उच्च अति चिकित्सा भैदियो नश्लिय ।

बाँकी को छ यहाँ कठै सहजले विश्वास गर्ने रहे ।।

मुक्तै पो गरिए ति जो हुन धरौटीमा र तारीखमा ।

अर्थानेक भयो सनाखत विवादै गर्न काफी यहाँ ।।

हत्याको अति घोर यो प्रकरणैमा योजनाकार ति ।

पापीले छुट पाउँदा नि किन हेर्ने हो क्रुरै भो अति ।।

यो हाम्रो सरकार हेर कसरी हाम्रो हुने हो भन ।

तानाशाह भनेर हेर विगतैको छोडियो शासन ।।

यस्तो छल गर्न हिम्मत कहाँ पायौ नि हे मानव ।

बोल्छौ जे पनि चोट लाउन सधैं होच्याउने आदत ।।



सोमबार १५, असार २०७७ ०२:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.