बैतडी कारागार सुरक्षाको जिम्मा नेपाली सेनालाई

Yugnepal     1058 पटक पढिएको    

बैतडी कारागार सुरक्षाको जिम्मा नेपाली सेनालाई

 

बैतडी कारागार कार्यालय बैतडीको सुरक्षामा शुक्रबारदेखि नेपाली सेना परिचालन गरिएको छ । कारागार र विकास आयोजनासहित महत्वपूर्ण संरचनाको जिम्मा नेपाली सेनालाई दिने सरकारको निर्णयअनुसार नै सेनालाई परिचालन गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।

कारागार सुरक्षाको जिम्मा बैतडीमा रहेको हनुमानध्वज गुल्मका सेनालाई दिइएको हो । केही दिनअघि बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्ला कारागारको सुरक्षाको जिम्मेवारी सेनालाई दिने निर्णय गरिएको थियो । यसअघि कारागारको सुरक्षा दिइरहेका नेपाल प्रहरीलाई कोरोना रोकथाम तथा नियन्त्रण क्षेत्रमा खटाइने बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारी बताए ।

नेपाल सरकारले अर्को व्यवस्था नगर्दासम्म जिल्ला कारागारको सुरक्षा नेपाली सेनाले गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सरकारले सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई कोरोना रोकथाम तथा नियन्त्रणको क्षेत्रमा परिचालन र सेनालाई कारागार र जलबिधुत क्षेत्रको सुरक्षालगायत महत्त्वपूर्ण प्रतिष्ठानमा पठाउने निर्यण यसअघि नै गरिसकेको थियो ।



शनिबार ०६, असार २०७७ ११:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.