काँग्रेस नेतृ आरजु राणाको पहलमा  बिभिन्न  क्वारेन्टाईनमा स्वास्थ्य सामाग्री सहयोग

Yugnepal     935 पटक पढिएको    

काँग्रेस नेतृ आरजु राणाको पहलमा  बिभिन्न  क्वारेन्टाईनमा स्वास्थ्य सामाग्री सहयोग


काँग्रेस नेतृ आरजु राणाको पहलमा कैलाली निर्वाचन क्षेत्र नम्बर ५को बिभिन्न क्वारेन्टाईनमा पानि पिउने फिल्टर र स्वास्थ्य सामाग्री बितरण गरिएको छ ।

ग्रामिण महिला विकास तथा एकता केन्द्र रुडुककी संस्थापक अध्यक्ष एवम नेपाली कांग्रेसकी नेतृ समेत रहेकी डाक्टर आरजु राणा देउवा तथा रुडुक केन्द्रिय अध्यक्ष सजनी अमात्यको पहलमा कैलाली निर्वाचन क्षेत्र नम्बर ५को धनगढी उप–महानगरपालिकाका बिभिन्न वडा तथा कैलारी गाउँपालिकाको ६ तथा ९ नम्बर वडामा उक्त सामाग्री बितरण गरिरहेको ग्रामिण महिला विकास तथा एकता केन्द्र कैलालीका अध्यक्ष ममता शाहले बताईन् ।

कोविड १९को महमारिको कारणले स्थापना गरिएका क्वारेन्टिनमा रहेकालाई असार १ गते देखी शुद्ध पिउने पानीको सहजताको लागि सिल्भर फिल्टर तथा स्वास्थ्य तथा सरसफाई सामग्री बितरण हस्तान्तरण गरिएको रुडुककी कोषाध्यक्ष प्रमिला लम्सालले जानकारी दिईन् ।

पहिलो दिनमा धनगढी उपमहानगरपलिकाको १६ नम्बर वडामा रहेको दीपेन्द्र चारपाते माविलाई फिल्टर र बेहडाबाबा माविमा रहेका ६२ जनालाई स्वास्थ्य सामग्री तथा वडा नम्बर १७ म रहेको भानु माविलाई फिल्टर र कालिका मबिमा रहेका ३४ जनालाई स्वास्थ्य सामाग्री बितरण गरिएको कोषाध्यक्ष लम्सालले जानकारी दिईन् ।

त्यस्तै कैलारी गाउँपालिका वडा नम्बर ६ बेनौलीमा रहेको अपरम्पार माविमा फिल्टर र ३९ जनालाई स्वास्थ्य सामग्री तथा वडा नम्बर ९ गदरिया मा रहेको जनता माविमा फिल्टर तथा ३४ जनालाई स्वास्थ्य सामग्री, गदरियाकै जनता सरस्वती स्कुलको क्वारेन्टिनमा रहेका ३१ जनालाई स्वास्थ्य सामग्री बितरण गरिएको हो ।

ग्रामिण महिला विकास तथा एकता केन्द्र कैलालीका अध्यक्ष ममता शाहले क्वारेन्टिनमा रहेकाहरुलाई दिएको स्वास्थ्य सामग्रीहरुमा गम्छा, ब्रस, मञ्जन, नुहाउने साबुन, लुगाधुने साबुन, स्याम्पू, मास्क, मच्छर धुप र सेनेटरी प्याड रहेको र उक्त सामग्री नेपाली कांग्रेसका सभापती तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका पुत्र जयबिर सिंह देउवाको पहलमा उपलब्ध गराइएको बताइन ।



मङ्गलबार ०२, असार २०७७ १२:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.