विदेशमा रहेका नेपालीलाई उद्धार गर्न कांग्रेस सभापति देउवाको माग

Yugnepal     3541 पटक पढिएको    

विदेशमा रहेका नेपालीलाई उद्धार गर्न कांग्रेस सभापति देउवाको माग

 

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेर तीन बिशेष कुरामा सरकारको ध्यानाकर्षण गराउँदै त्यसबारेमा तत्काल कार्य गर्न गराउन माग गरेका छन्।

सभापति देउवाले नेपालगन्जमा युद्धस्तरमा कोरोना परिक्षण गरेर स्थिति थप जटिल बन्न नदिन र सन्त्रासमा रहेका नगरवासीलाई आश्वस्त राख्न सरकारको ध्यानाकर्षण गराएका छन्। साथै देशभर पीसीआर प्रविधिद्वारा परिक्षण द्रुत गतिमा विस्तार गर्न देउवाले माग गरेका छन्। ।

कुवेत सरकारको सेल्टरमा राखिएका करिब ३ हजार एवं मध्यपूर्वका अन्य देशमा अप्ठ्यारोमा रहेका र विश्वभर अप्ठ्यारोमा रहेका नेपालीलाई ब्यवस्थित योजना बनाएर क्रमशः उद्धार गर्न समेत देउवाले सरकारको ध्यानाकर्षण गराएका छन्। 

सिमा नाकामा क्वारेन्टाइनमा बसेको महिनादिन पुगिसक्दापनि अझै कैयौंले देश आउन नपाएको स्मरण गराउँदै देउवाले तिनलाई आउन दिन एवं भारतको विभिन्न राज्यमा अलपत्र परेका नेपालीलाई उद्दार गर्ने ब्यवस्था मिलाउन माग गरेका छन्। 

सभापति देउवाले अप्ठ्यारोमा परेका नेपालीको उद्दार गर्नु सरकारको कर्तव्य रहेको स्मरण प्रधानमन्त्रीलाई गराएका हुन्। केन्द्रीय सरकारले उद्दार गर्ने एवं प्रदेश र स्थानीय सरकारको समन्वयमा मापदण्डयुक्त क्वारेन्टाइनमा राख्ने ब्यवस्था गरेर मात्रै घर जान दिने गरि ब्यवस्थित र कडाइका साथ कार्य गर्न र गराउन सभापतिले आग्रह र माग गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी प्रेस नोटमा उल्लेख छ। 



बुधबार २४, बैशाख २०७७ ०६:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.