नेपाली कांग्रेस पदाधिकारी बैठक सुरु अध्यादेशबारे छलफल हुँदै

अध्यादेश

Yugnepal     605 पटक पढिएको    

नेपाली कांग्रेस पदाधिकारी बैठक सुरु अध्यादेशबारे छलफल हुँदै

 

काठमाडौं । सरकारले ल्याएको दुई अध्यादेशबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज विहान देउवा निवासमा सुरु भएको छ ।  

राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश र संवैधानिक परिषदसम्बन्धी पहिलो संशोधन अध्यादेशबारे छलफल गर्न मंगलबार विहान ९ बजे पदाधिकारी बैठक बोलाइएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए  ।   उनले दिएको जानकारी अनुसार पार्टी बैठक  सभापति शेरबहादुर देउवाका निवास बूढानीलकण्ठमा  पदाधिकारी बैठक बसिरहेको बताए । 

सरकारले जारी गरेका दुवै अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण भएर नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ । यसबाट नेपाली राजनीतिमा ठूलै हलचल मच्चिएको छ । सत्तापक्ष  नेकपा भित्रै ठुलो मतभेद विरोध भईरहेको छ । 



मङ्गलबार ०९, बैशाख २०७७ १०:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.