राहतमा पनि भ्रष्टाचार नहोस्  नेविसंघ

Yugnepal     705 पटक पढिएको    

राहतमा पनि भ्रष्टाचार नहोस्  नेविसंघ

काठमाडौं– नेपाल विद्यार्थी संघले लकडाउनका कारण घर जान नपाएका विद्यार्थीहरुलाई राहत वितरण गर्न सरकारसँग माग गरेको छ। अध्ययनका लागि कोठा भाडामा बसेका विद्यार्थीहरुलाई उच्च प्राथमिकता राखेर राहत प्रदान गर्न संघले विज्ञप्तिमार्फत् माग गरेको छ।

संघका अध्यक्ष राजीव ढुङ्गानाले विदेशमा रहेका विद्यार्थीलाई दूतावासमार्फत् सहयोग गर्न आग्रह गरे। उनले अप्ठ्यारो परेको बेलामा सरकारले आफ्नो नागरिकलाई सहयोगको प्रत्याभूति गर्ने विश्वास दिलाउन सरकारसँग आग्रह गरे।

ढुङ्गानाले विपत्तिको क्षणमा नागरिकका दुःखमा सहयोग पुर्‍याउन मातहतका संगठनलाई निर्देशनसमेत दिएका छन्। उनले राहत वितरण प्रभावकारी बनाउन संघका कार्यकर्तालाई खट्न आव्हान गरेका छन्। ‘राहत वितरणका क्रममा केही अनियमतिता वा भ्रष्टाचर भएको भए त्यस विरुद्ध तुरुन्त आवश्यक कदम चाल्न आह्वान गर्न चाहन्छु,’ विज्ञप्तिमा भनिएको छ, ‘बेमौसमी बाजा नबजाउने नाममा गरिब दुःखीलाई बाँड्न आएको राहतमा भ्रष्टाचार हुँदा पनि चुप लागेर टुलुटुलु हेरेर बस्नु झन् ठूलो अपराध हो।’



बिहिबार २७, चैत २०७६ ०१:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.