ओली सरकारले सुदूरपश्चिमलाई हेपेपछि झोंकिए नेता लेखक

Yugnepal     487 पटक पढिएको    

ओली सरकारले सुदूरपश्चिमलाई हेपेपछि झोंकिए नेता लेखक

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले सुदूरपश्चिम प्रदेशलाई हेपेपछि नेपाली कांग्रेसका नेता रमेश लेखक रिसाएका छन् ।

उनले स्वास्थ्य जाँच सामग्री वितरणमा ओली सरकारले सुदूरपश्चिमलाई विभेद गरेको भन्दै आपत्ति जनाएका हुन् । 

उनले कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको आफ्नो गृहप्रदेश सुदूरपश्चिमलाई १० वटा थर्मोमिटर मात्र पठाएको भन्दै आपत्ति जनाएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा सुदूरपश्चिमका जिल्ला, पालिका र स्वास्थ्य संस्थाहरूलाई स्मरण गराउँदै नेता लेखकले सरकारलाई आवश्यक सामग्री तत्काल पठाउन आग्रह गरेका छन् । 

‘सुदूरपश्चिम प्रदेश कोरोनाको उच्च जोखिममा छ। भारतबाट हजारौं नागरिक आएका छन् । नौ जिल्ला, ८८ पालिका, साना ठूला गरी पाँच सय जति स्वास्थ सेन्टर छन्। तर सरकारले जम्मा १० थर्मोमिटर पठाएको छ ।’, नेता लेखकले आक्रोश पोखे । 

उनले लेखेका छन्, ‘म सरकारलाई आवश्यक सामग्री तत्काल पठाउन, परीक्षण बढाउन, क्वारेन्टाइन व्यवस्थापन गर्न, अस्पतालमा बेडको व्यवस्था र राहतको व्यवस्था गर्न पुनः अनुरोध गर्दछु ।



बुधबार १९, चैत २०७६ ०१:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.