कोरोनाको जोखिममा देउवाका ९ बुदाँ

Yugnepal     518 पटक पढिएको    

कोरोनाको जोखिममा देउवाका ९ बुदाँ

काठमाडौं ।  कोरोना भाइरस अर्थात कोबिड १९ ले विश्वब्यापी रूपमा महामारीको रुप लिइसकेको स्थितिमा नेपालले अपनाउनु पर्ने सतर्कता बारे नेपाली कांग्रेसले विशेष सतर्कताको अपिल गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा जोखिम सामना गर्न सरकारलाई साथ रहने घोषणा गरेको तर युद्धस्तरमा कार्य गर्न सरकारको प्रभावकारीता नदेखिएकोमा सरकारलाई गम्भीर भएर कार्य गर्न सजग गराएका छन् ।  कोरोना जोखिमा सभापति देउवाको ९ बुदाँ सतर्कताको अपिल यस्तो छस्

९१० सिमा नाकामा प्रभावकारी र भरपर्दो कडाइ हुन नसक्दा कुनैपनि समय संक्रमण नेपाल भित्रिन सक्ने खतरा औंल्याउँदै प्रभावकारी बन्दोबस्तका लागि सरकारलाई गम्भीर भएर कार्य गर्न अपिल गर्दछु ।
९२० संभावित जोखिम सामनाका लागी दक्ष जनशक्ति तयार राख्न, जरुरी उपकरणहरु देखि आइसोलेसन वार्ड, वैकल्पिक क्वारेन्टाइनहरु तथा आइसियुसम्मको अभाव हुन नदिन सरकारले युद्धस्तरमा कार्य गर्नुपर्ने औल्याउन चाहन्छु ।
९३० अनेक अफवाह चिर्दै वास्तविक सूचना सम्प्रेषण गर्ने कर्तव्य राज्यको रहेकोे ध्यानाकर्षण गराउन चाहन्छु ।
९४० अत्यावश्यक खाद्यान्नको थप मुल्य वृद्धिसंगै कालोबजारी फस्टाएको छ । बजारमा सरकारका सम्बन्धित निकायहरूको उपस्थितिबाट उपभोक्ताको हित संरक्षण जरुरी रहेको आवश्यकता औंल्याउन चाहन्छु ।
९५० सार्वजनिक सेवाको क्षेत्रमा क्रमशः असर पर्दै जाने संकेत दृष्टिगत गरेर सरकारले समयमै आवश्यक रणनीति निर्माण गर्न जरुरी देखिएको छ ।
९६० पर्यटन क्षेत्र प्रत्यक्ष मारमा परेको छ भने कतिपय उद्योग र अन्य ब्यवसायिक क्षेत्र संक्रमण पूर्वको असर भोगिरहेका छन् । समग्र निजि क्षेत्रको मनोबल उच्च राख्न बैंक कर्जाको ब्याजदर घटाउन तथा ऋण चुक्ताको समयावधि थप्न जरुरी आवश्यकता औल्याउँदछु ।
९७० सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने स्थिति आएमा बिशेष गरि गरिबीको रेखामुनि रहेका, न्यून आय भएका नागरिक एवं दैनिक ज्यालादारीबाट जीवन गुजारा गरिरहेकाहरुलाई अत्यन्तै कष्टकर अवस्था बन्ने देखिन्छ । तिनका लागि राहतको योजना ल्याउन सरकार समक्ष माग गर्दछु ।
९८० विद्यार्थीहरुको शैक्षिक भविष्यलाई असर नपर्ने गरि जोखिमबाट विद्यार्थीहरुलाई जोगाउन आवश्यक निर्णय र सतर्कताका लागि सरकारको ध्यानाकर्षण गराउंदछु ।
९९०   स्वदेश र विदेशमा रहेका समस्त नेपाली दिदिबहिनी–दाजुभाइलाई कोरोनाबाट सतर्क रहन र एक भएर यसको सामना गर्न हार्दिक अपिल गर्दछु ।



सोमबार ०३, चैत २०७६ ०६:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.