भोटेकोशीले बगाएको बेलिब्रिज तत्काल पुनःनिर्माण गर्न सांसद आचार्यको माग

Yugnepal     577 पटक पढिएको    

भोटेकोशीले बगाएको बेलिब्रिज तत्काल पुनःनिर्माण गर्न सांसद आचार्यको माग

रसुवा । नेपालको उत्तरी क्षेत्र र चीनको तिब्बतमा अविरल वर्षा हुँदा आइतबार राति रसुवाको भोटेकोशीमा आएको ठूलो बाढीले बगाएको बेलिब्रिज तत्काल पुनःनिर्माण गरी आवतजावतमा सहयोग पुर्याउन सांसद मोहन आचार्यले सरकारसंग आग्रह गरेका छन् । 

नेपाली कांग्रेस रसुवाका सांसद आचार्यले सरकारलाई बाढीले भत्काएको संरचना तत्काल पुनःनिर्माण गरी आवतजावतमा सहज गराउन आग्रह गरेका हुन् । 

आइतबार राति एक्कासी आएको बाढीले टिमुरे भन्सार कार्यालयबाट रसुवागढी जलविद्युत् आयोजनातर्फ जाने बेलिब्रिज बगाएको हो । 

थुप्रै भौतिक संरचनामा क्षति पुगेको छ । 



सोमबार ०२, भदौ २०७६ ०२:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.