गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि चितवनका व्यापारीबाटै उठ्यो एकै दिनमा ५७ लाख

Yugnepal     789 पटक पढिएको    

गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि चितवनका व्यापारीबाटै उठ्यो एकै दिनमा ५७ लाख

 

राष्ट्रिय गौरवको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक संकलनको काम सुरु भएको छ । रंगशालाको काम सुरु गर्न चितवन झरेका सिताराम कट्टेलले सो कुराको जानकारी गराएका छन् । उनले सामाजिक सञ्जाल फेसवुक मार्फत चितवनबाट उत्साहजनक आर्थिक सहयोग संकलन भैरहेको जनाएका छन् ।दुई महिनादेखि रोकिएको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम सोकवार देखि सूचारु गर्ने निर्णयसंगै अहिले धुर्मुस चितवनमा सकृय छन् । सोमबार विहान भरतपुरमा बसेको धुर्मुस सुन्तली फाउण्डेशन र रंगशाला निर्माण सहयोग समिति चितवनको संयुक्त बैठकले रंगशाला निर्माणको काम सुरु गर्ने निर्णय गरेको हो । रंगशाला निर्माण गर्न चितवनमा सर्वपक्षीय ५ हजार १ सदस्यीय मूल सहयोग समिति गठन गरिएको छ ।


स्थानीयको एक समूहले जेठ १५ गते डोजर लगाएर रंगशालाको बार भत्काएको र कामदारलाई धम्की आएको भन्दै धुर्मुस सुन्तली फाउन्डेसनले काम रोकेको थियो । त्यसपछि स्थानीयसँग सहमति भई भत्काइएको बार पनि स्थानीयकै प्रयासमा उठाइएको छ ।दुई महिनाको अवधिमा भएका पटक–पटकका छलफल र संवादपछि धुर्मुस सुन्तली फाउण्डेशन रंगशाला निर्माणका लागि तयार भएको हो । रंगशाला निर्माणको काम र सहयोग संकलनको कामलाई एकसाथ अघि बढाउने बैठकले निर्णय गरेको चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए । उनले सहयोग संकलनलाई अभियानको रुपमा संचालन सुरु गरिएको जानकारी दिए ।

त्यसका लागि जिल्लाका ७ बटै स्थानीय तहमा सहयोग समिति गठन गर्ने अभियान जारी रहेको धुर्मुसले जनाएका छन् । साथै सबै जिल्लामा आर्थिक संकलनको कामलाई पनि त्रीवता दिइएको छ । धुर्मुसका अनुसार उद्योग बाणिज्य संघ चितवनले पूर्वघोषणा गरेको एक करोड मध्ये ५५ लाख ५५ हजार ५ सय ५५ रुपैंयाँ आज एक कार्यक्रममा वीच धुर्मस सुन्तली फाउण्डेशनलाई प्रदान गरिएको छ । रकम बुझ्दै फाउण्डेशनका अध्यक्ष धुर्मुसले उद्योग बाणिज्य संघका अध्यक्ष सहनलाल प्रधानसहितका पदाधिकारी र सदस्य, जिल्लाभरका संघका साधारण सदस्य ज्यूहरुलाई हार्दिक आभार र धन्यवाद ब्यक्त गरेका छन् । साथैं, चितवन जिल्ला क्रिकेट संघले २ लाख ५ हजार ५ सय ५५ रुपैयाँ हस्तान्तरण गरेको जानकारी उनले दिएका छन् । रोक्का सेनिटरी कम्पनीले रंगशाला निर्माणमा आवश्यक सामाग्रीहरु निशूल्क प्रदान गर्ने घोषणा गरेको जानकारी दिँदै धुर्मुसले सामाजिक सञ्जाल फेसवुकमा लेखेका छन् यहाँहरु सबैको साथ, सहयोग र उत्साहले रंगशाला निर्माणले गति पाउने विश्वास निकै बलियो बनेको छ । आत्मबल बढाएको छ । देश विदेशमा रहनुभएका नेपालीहरुको साझा गौरवका रुपमा यसलाई निर्माण गरिनेछ ।



शुक्रबार १०, साउन २०७६ १२:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.