बैदेशिक रोजगार चेतनामुलक कार्यक्रम

Yugnepal     1063 पटक पढिएको    

बैदेशिक रोजगार चेतनामुलक कार्यक्रम

धनगढी जेठ २८ 
बर्दगोरिया गाउ“पालिकास्तरीय सुरक्षित बैदेशिक रोजगार सम्बन्धी चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
बर्दगोरिया गाउ“पालिकाको आर्थिक सहयोगमा आप्रवासी कामदार हकहित संरक्षण केन्द्र बर्दगोरिया सञ्जाल समितिले आयोजना गरेको सो कार्यक्रम मंगलबार बौनियामा भएको हो । कार्यक्रममा सञ्जाल समितिले बर्दगोरिया गाउ“पालिकाको वडा नं. १, २ र ३ को बैदेशिक रोजगार सम्बन्धी सूचना तथा तथ्यांक संकलनको नतिजा समेत सार्वजनिक गरिएको थियो ।
सो तथ्यांक अनुसार वडा नं. १ मा ५ महिला र ८६ पुरुष गरी ९१ जना, वडा नं. २ मा ७ महिला, ५९ पुरुष गरी ६६ र वडा नं. ३ मा १ महिला र ६७ पुरुष गरी ६८ जना बैदेशिक रोजगारको क्रममा विभिन्न मुलुकमा छन् । त्यसैगरी, वडा नं. १ मा ७ महिला र ७८ पुरुष गरी ८५, वडा नं. २ मा ५५ पुरुष, वडा नं. ३ मा ६ महिला र ७६ पुरुष गरी ८२ जना बैदेशिक रोजगारबाट फर्किएका छन् । वडा नं. २ मा बैदेशिक रोजगारबाट फर्किएका महिला नभेटिएको तथ्यांकमा उल्लेख छ । तथ्यांक अनुसार बर्दगोरियाका १, २ र ३ नं. वडामा १२ दशमलव २ प्रतिगत नागरिकहरु बैदेशिक रोज


सञ्जाल समितिका अध्यक्ष देवेन्द्र शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुरक्षित आप्रवासन परियोजना सामी÷हेल्भेटासका प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश परियोजना संयोजक पञ्चराम चौधरीले सो तत्यांक प्रस्तुत गरेका थिए । सो क्रममा उनले बा“की रहेका वडा नं. ४, ५ र ६ मा पनि बैदेशिक रोजगार सम्बन्धि सुचना तथा तथ्यांक संकलन गरी गाउ“पालिकास्तरीय बैदेशिक रोजगार सम्बन्धि विवरण भएको पुस्तिका तयार गर्ने सुझाव दिए । उनले स्थानीय सरकार सञ्चालन एन २०७४ को परिच्छेद ३ को दफा ११ को उपदफा २ (थ) अनुसार अगामी आर्थिक वर्षमा बर्दगोरिया गाउ“पालिकाले बैदेशिक रोजगार सम्बन्धि समाजिक परिचालन, विप्रेषणको सही सदुपयोग, सामाजिक लागत न्यूनिकरण सम्बन्धि कार्याक्रम तर्जुमा गरी कार्यान्वयन गर्नुपर्ने बताए ।
बैदेशिक रोजगार सम्बन्धि सुचना तथा तथ्यांक संकलन गर्न बर्दगोरिया गाउ“पालिकाले आर्थिक र सुरक्षित आप्रवासन (सामी) परियोजनाले प्राविधिक सहयोग गरेको छ । सुचना तथा तथ्यांक संकलन फारम तयारी तथा बिषय बस्तुवारे जानकारी, उपलब्ध तथ्याकलाई बिश्लेष गर्ने काम सामीले गरेको थियो ।
आप्रवासी हक हित संरक्षण केन्द्र बर्दगारिया सञ्जाल समितिका पदाधिकारी र सदस्यहरु स्वयम्ले तीन वटै वडाका घरघरमा पुगेर बैदेशिक रोजगार सम्बन्धी सुचना तथा तथ्यांक संकलन गरेका थिए भने सुचना तथा तथ्यांक संकलन गरिएको फारमको अभिलेखिकरण पत्रकार मुकेश चौधरी चौधरीले गरेका थिए ।
बर्दगोरिया गाउ“पालिकाका अध्यक्ष बलिराम डगौराथारुको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बर्दगोरिया गाउ“पालिकाका उपाध्यक्ष भगवति डगौराथारु, प्रमुख प्रशासकीय अधिकृत अर्जुनसिंह कार्की, ६ वटै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, मुडा र बौनिया बजार व्यवस्थापन समितिका अध्यक्षहरु र बैदेशिक रोजगारमा गएका युवाहरुको परिवारका सदस्य र बैदेशिक रोजगारबाट फर्किएका युवाहरुको सहभागिता थियो । कार्यक्रममा कार्यपालिका सदस्य कोकिला खत्री र आप्रवासी कामदार हकहित संरक्षण केन्द्र कैलालीका अध्यक्ष नारायणबहादुर विकले सहभागीको तर्फबाट मन्तव्य व्यक्त गरेका थिए ।


 



मङ्गलबार २८, जेठ २०७६ ०९:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.