अन्तरजातीय विवाह गरेका १५ दम्पती सम्मानित

Yugnepal     1013 पटक पढिएको    

अन्तरजातीय विवाह गरेका १५ दम्पती सम्मानित

 

बेनी – म्याग्दीमा अन्तरजातीय विवाह गरेका १५ दम्पतीलाई मङ्गलबार सम्मान गरिएको छ ।

चौधौँ छुवाछूतमुक्त राष्ट्र घोषणा दिवसको अवसरमा जिल्लास्थित संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले बेनीमा आयोजना गरेको कार्यक्रममा उनीहरुलाई सो सम्मान गरेको हो ।

उक्त समितिका प्रमुख देवेन्द्रबहादुर केसी, बेनी नगरपालिाकाका उपप्रमुख सञ्जु बरुवाल, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालु, समितिका संयोजक बलबहादुर विश्वकर्मालगायतले अन्तरजातीय विवाह गरेका दम्पतीलाई अभिनन्दन गरेका थिए ।

जातीय विभेद हटाउन अन्तरजातीय विवाहले सकारात्मक भूमिका निर्वाह गर्ने भएकाले उनीहरुको हौसलाका लागि सम्मान गरिएको सङ्घर्ष समितिका संयोजक विश्वकर्माले जानकारी दिए ।

जिसस प्रमुख केसीले छुवाछूतलाई कानूनी रूपमा हटाइए पनि व्यवहारिक कार्यान्वयनका भने लागि सरोकारवालाले समाजमा जनचेतना फैलाउन आवश्यक रहेकामा जोड दिए ।

कार्यक्रममा पूर्व सभासद एवं नेकपा म्याग्दीका जिल्ला अध्यक्ष गोविन्द पौडेल, प्रजिअ अधिकारी, नेपाली काङ्ग्रेस म्याग्दीका सचिव मीनबहादुर कार्कीलगायतले जातीय विभेद सामाजिक अपराध हुने भएकाले दोषीमाथि कानूनबमोजिम कारवाही हुनेमा जोड दिएका थिए ।



बुधबार २२, जेठ २०७६ ०२:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal