राजधानी तोकिएकै स्थानमा कार्यान्वयन गर्न दवाव

युग संवाददाता     657 पटक पढिएको    

राजधानी तोकिएकै स्थानमा कार्यान्वयन गर्न दवाव

राजधानी तोकिएकै स्थानमा कार्यान्वयन गर्न दवाव

धनगढी: सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी तोकिएकै स्थानमा हुनुपर्ने माग सहित गोदावरीमा दवावमुलक कार्यक्रम शुरु भएका छन् । गोदावरीमा यथाशीघ्र राजधानी निर्माण कार्यान्वयन गर्न अत्तरियामा अन्तरक्रिया गरिएको छ । सोमबार स्वतन्त्र नागरिक अभियानले अत्तरियाको प्रतिभा सामुदायिक पुस्तकालयको सभा हलमा अन्तरक्रिया गरेको हो ।

अन्तरक्रियामा कैलाली क्षेत्र नम्बर ४ बाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने चार जना सांसद आर्थिक मामिला राज्यमन्त्री समेत रहेका प्रकाश बम, तुलसी देवकोटा, खेमा देवी बिष्ट, जानकी कुँवर सहित राजनीतिक दलका प्रतिनिधि, सङ्घसंस्थाका प्रतिनिधि लगायत नागरिक समाजको उपस्थिति रहेको थियो । भेलामा बोल्ने सबैले राजधानी गोदावरीमा नै उपयुक्त भएको र सार्न खोजे जुनसुकै तहको सङ्घर्ष गर्न तयार रहेको बताएका छन् । राजधानी सार्ने चलखेल भए सडक सघंर्षका कार्यक्रम समेत गर्ने उनिहरुको चेतावनी छ ।



सोमबार १३, साउन २०८२ ०३:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal