लुकाई–छिपाई राखेको अवस्थामा अबैध काठ बरामद

युग संवाददाता     121 पटक पढिएको    

लुकाई–छिपाई राखेको अवस्थामा अबैध काठ बरामद

 


धनगढी। कैलालीमा लुकाई–छिपाई राखेको अवस्थामा अबैध सालको काठ बरामद गरिएको छ।


कैलारी गाउँपालिका ७ हुलाकी सडक स्थित २ वटा राँगा गाडामा सालको गोलिया २ थान ५३ क्युफिट अबैध काठ र सोही ठाउँको साहारा सामुदायिक वन भित्र लुकाई–छिपाई राखेको अवस्थामा सालको गोलिया २ थान९४० क्युफिट सोमवार बरामद गरिएको हो।


ईलाका प्रहरी कार्यालय रामपुर कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारि राँगा गाढा र उक्त काठ आवश्यक कारवाहीको लागि इलाका वन कार्यालय बसन्ताको जिम्मा लगाएको प्रहरीले जनाएको छ।



मङ्गलबार १३, चैत २०८० ०१:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.