श्रीमान‍ले गरे श्रीमतीको हत्या

युग संवाददाता     74 पटक पढिएको    

श्रीमान‍ले गरे श्रीमतीको हत्या

बैतडी बैतडीमा एक पुरुषले कोदालो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् भने दुईजनालाई गम्भीर घाइते भएका छन् । डिलाशैनी गाउँपालिका(७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीले कोदालो प्रहारबाट आफ्नी ५६ वर्षीया श्रीमती पार्वती धामीको हत्या गरेका हुन्।

बिहीबार बिहान ९ बजेतिर किसनले आफ्नी श्रीमतीलाई कोदालो प्रहार गरेको र त्यसपछि उनकै घरमा डेरा गरी बसेका सुभास कलौनी र देवराज भट्टमाथि कोदालो प्रहार गरेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए।

दशरथचन्द नगरपालिका ९ घर भएर डिलाशैनी गाउँपालिकामा उद्यम विकास शाखा प्रमुखका रूपमा कार्यरत २९ कलौनी र कार्यालय सहयोगीका रूपमा कार्यरत २६ वर्षीय भट्ट घाइते भएका हुन्।

घाइतेहरूलाई थप उपचारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर मगाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घटनाबारे खुल्न सकेको छैन्। किसनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसी नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ।

 



बिहिबार ०८, चैत २०८० १०:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.