ओलीले व्यंग्य गर्दै भने – कांग्रेस छाती पिटेर रुँदैछ

युग संवाददाता     95 पटक पढिएको    

ओलीले व्यंग्य गर्दै भने – कांग्रेस छाती पिटेर रुँदैछ

 

धनगढी । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले आफूतिर नलागेको झ्वाँकमा गृहमन्त्री रवि लामिछानेलाई फसाउन लागेको बताएका छन् । 


प्रेस चौतारी नेपाल कैलालीले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले भने, ‘रवि लामेछाने सहकारीमा संलग्न भएको, सहकारी डुबाएको वा अरु कुनै कुरा प्रमाणित भएको छैन तर कांग्रेसले आफूतिर नलागेकाले बदनाम गर्न र फसाउन खोजिरहेको छ।’ 

आफू प्रधानमन्त्री भएको बेला शेरबहादुर तामाङ र गोकुल बास्कोटाको प्रसङ्ग थप्दै उनले भने,  ‘मैले बोलाई चिप्लेकै कारण शेरबहादुर तामाङ र गोकुल बास्कोटालाई फिर्ता बोलाएँ तर भएको केही पनि थिएन । नेपाली कांग्रेसका मन्त्री त झण्डा हल्लाउँदै अख्तियार गएका थिए, सबैले देखेको होइन, अनि अहिले गृहमन्त्रीका बारेमा कुन नैतिकताले प्रश्न उठाउने रु’

उनले कांग्रेसले सरकार छोड्नुपरेको पीडामा छाती पिटिरहेको व्यंग्यसमेत गरे ।  ‘कांग्रेसको अहिलेको कदम, सरकारबाट बाहिरिएको पीडा हो । उसले सरकारबाट बाहिरिएको पिडामा छाति पिटेर रुँदै के भन्छ रु त्यसलाई धेरै महत्व दिइराख्नुपर्ने आवश्यकता छैन’, अध्यक्ष ओलीले भने ।

उनले सुनकाण्डमा माओवादीका उपाध्यक्ष पक्राउ परेको घटनामा पत्रकारहरुले राखेका जिज्ञासामा कानूनअनुसार हुने बताए । ’‘सोमबार माओवादीका नेता पक्राउ परेका होइनन् रु माओवादीका नेता पक्राउ पर्दैनन् तर अनुसन्धानभित्र आएका जो कोही पनि पक्राउ पर्न सक्छन्,’ अध्यक्ष ओलीले भने ।

अध्यक्ष ओलीले  नेकपा एमालेले सुनकाण्डका बारेमा आयोग वा छानबिन समिति गठन हुनुपर्छ भनेर पहिला नै राखेको अडान अहिले पुष्टि भएको बताए । ‘त्यतिबेला हामीले आयोग गठन हुनुपर्छ भन्यौँ, तर कांग्रेसले २ महिला ढिलो गरिदियो’अध्यक्ष ओलीले भने ।

एक अर्को प्रसङ्गमा ओलीले अबको बाँकी कार्यकाल प्रचण्ड नै प्रधानमन्त्री हुने संकेत गरे । पत्रकारहरुको जिज्ञासामा ओलीले भने, ‘मलाई अहिले प्रधानमन्त्री खान मन छैन, अरु कोही तयार भएको छैन । उहाँले ९प्रचण्ड० ले नै खानुहोला जस्तो पो देखिएको छ त।’

नयाँ गठबन्धनलाई बागमती, गण्डकी र कोशीमा प्रदेश सरकार गठन गर्न असहज भएको छ । प्रदेशको भागबण्डा र यी तीन प्रदेशको समीकरणबारे पत्रकारहरुले सोधेका प्रश्नको जवाफमा ओलीले भने, ‘अहिले त्यस बारेमा म केही नभनौँ । किनकि मैले पत्रकारलाई भएको कुरा भन्नुपर्छ । अनुमानका भरमा भन्नुहुँदैन ।

 

No description available.



मङ्गलबार ०६, चैत २०८० ०१:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.