बझाङमा किशोरीलाई करणी गरेको आरोपमा एक पुरुष पक्राउ

युग संवाददाता     84 पटक पढिएको    

बझाङमा किशोरीलाई करणी गरेको आरोपमा एक पुरुष पक्राउ


बझाङ। बझाङमा किशोरीलाई करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। फागुन ११ गते दिउँसो १७ वर्षीया किशारीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले बझाङ बित्थडचिर गाउँपालिका १ खुलमहरका ५५ वर्षिय खड्के बोहरालाई पक्राउ गरेको हो ।

बित्थडचिर गाउँपालिका ३ पस्याडमा घाँस काट्ने मेला स्थित गाइगोरु चराउन गएको मौका छोपी बोहराले किशारीलाई मानसिक कमजोरी उठाएर ललाइफकाई र धाक धम्कि सहित जबरजस्ती करणी गरेको किशोरीका अभिभावकले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

जाहेरी दरखास्त दिएको केही समयमै अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको बझाङका प्रहरी नायब उपरीक्षक डिएसपी भरत शाहले बताए ।बोहरालाई पक्राउ गरेर आइतबार जिल्ला अदालत बझाङबाट पाँच दिनको म्याद थपेर जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको उनले बताएका छन्।



मङ्गलबार ०६, चैत २०८० ०१:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.