दार्चुलामा बाघले गोठमै पसेर मार्यो १५ बाख्रा

युग संवाददाता     603 पटक पढिएको    

दार्चुलामा बाघले गोठमै पसेर मार्यो १५ बाख्रा

दार्चुला। दार्चुलामा बाघले एक किसानका १५ बाख्रा मारेको छ। दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ४ सिप्टी मल्लाकपडेका एक किसानको १५ बाख्रा बाघले गोठमै पसेर मारेको हो।

नौगाड गाउँपालिका ४ सिप्टी मल्लाकपडेका बिरेन्द्र ठगुन्नाको बाख्रा गोठबाटै बाघले खाएको स्थानीयले बताएका छन्। त्यहाका स्थानीयका अनुसार बाघले मानिसलाई समेत आक्रमण गर्न खोजेको छ। पछिल्लो समय दार्चुलाका बिभिन्न स्थानमा बाघले सताउन थालेको छ।

 



सोमबार ०५, चैत २०८० ०१:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal