नवजात शिशु मृत फेला, कोठामा बस्दै आएकी महिला फरार

युग संवाददाता     103 पटक पढिएको    

नवजात शिशु मृत फेला, कोठामा बस्दै आएकी महिला फरार

 


धनगढी। धनगढी उपमहानगरपालिका वडा नम्बर(४ बसपार्क नजिक कोठामा नवजात शिशु मृत फेला परेको छ। धनगढी उपमहानगरपालिका(१६ घर भएकी र बसपार्कमा पुजा राना बस्दै आएको कोठामा सोमबार राति नवजात शिशु मृत फेला परेको हो।


घटनामा घरवेटी र कोठाको ताला तोडेर भित्र पसेका महिलाहरूलाइ प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान गर्न भन्दै प्रहरीले घरबेटी र गोदावरी घर भएका दुई महिलालाई नियन्त्रणमा लगि अनुसन्धान गरिरहेको प्रवक्ता कुलदिप चन्दले बताए।


उनले राति कोठाको ताला तोडेर भित्र गएका महिलाहरूले कपडामा बेरेर राखेको नवजात शिशु देखेपछि प्रहरीलाई खबर गरेका बताए। उनका अनुसार कोठामा बस्दै गरेकी रानाको खोजतलास भइरहेको छ। प्रहरीले नियन्त्रणमा लगेका महिलाहरू र रानाबिच पैसा लेनदेन रहेको थियो।


प्रवक्ता चन्दका अनुसार रानाले आफू बाहिर रहेको र कोठामा पैसा राखेकोले ती महिलालाई ताला तोडेर भित्र बस्न भनेका थिए। सोही क्रममा महिलाले नवजात शिशु देखेपछि प्रहरीलाई खबर गरे । नियन्त्रणमा लिइएका महिलाका अनुसार राना ग्राहकहरूसंग व्यस्त रहेकी थिइन तर, कहाँ र कोसंग भने उनीहरू जानकार छैन्न । प्रहरीले मृत फेला परेको नवजात शिशुको पोष्टमार्टम गर्न अस्पताल राखेको छ। नवजात शिशु कति दिनको हो भन्नेबारे सोही रिपोर्ट पछि थाहा हुने प्रवक्ता चन्दले बताए।



बुधबार ०९, फागुन २०८० ०३:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.