कञ्चनपुरमा महिलामाथि करणी, एक जना पक्राउ

युग संवाददाता     149 पटक पढिएको    

कञ्चनपुरमा महिलामाथि करणी, एक जना पक्राउ

 

कञ्चनपुर । कञ्चनपुरमा ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । बेलौरी नगरपालिका ७ टेडीया बस्ने ४० वर्षीय हरिचन्द्र रानालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

रानाले ती महिलालाई माघ २३ गते बेलौरी नगरपालिका(७ पौलाहस्थित उखुबारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



आइतबार ०६, फागुन २०८० ०६:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.