पूर्व  प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दलाई  नागरिक अभिनन्दन

युग संवाददाता     107 पटक पढिएको    

पूर्व  प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दलाई  नागरिक अभिनन्दन

 

धनगढी  / पूर्व  प्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई नागरिक अभिनन्दन गरिएको छ । 

धनगढीका समाजसेवी मायाप्रकाश भट्टको संयोजकत्वमा गठन भएको नागरिक अभिनन्दन समितिले पूर्व  प्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई अभिनन्दन गरेको हो । उनलाई बिहान पार्क मोड देखि ट्राफिक चोक हुँदै उत्तरबेहडीमा रहेको सौराई ब्यांकेटसम्म विभिन्न झाकी र बाजागाजा सहित नगर परिक्रमा पनि गराइएको थियो ।

सुदूरपश्चिमका विभिन्न ४० भन्दा पनि बढी संघ संस्थाहरूले अभिनन्दन पत्र र दोसल्लाले पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ साहित्यकार चन्दको अभिनन्दन गरिएको  हो ।

सुदूरपश्चिममै जन्मेर नेपालको साहित्य क्षेत्रमा अतुलनीय योगदान पुगाएकाले चन्दको अभिनन्दन गरिएको हो । चन्द बैतडीको सुर्नया गाउँपालिकाको वडा नम्बर २ कुर्कुट्या भन्ने स्थानमा जन्मेका हुन । 

बिहीबार उनलाई ८४ वर्ष पनि पुगेका छन् । ८५ औँ जन्मोत्सवको अवसर पारेर उनलाई अभिनन्दन गरिएको हो । उनका थुप्रै कृतिहरू मध्ये विर्षजन कथा सङ्ग्रह लेखेपछि उनलाई २०५४ सालमा मदन पुरस्कार पाइएको थियो । 

नेपाली साहित्यको इतिहासमा उनका पाहुना घर, विषर्जन, द चियर, ईन्द्रधनुष, तिम्रो झलक, अपराजिता, हिउँको डल्ला, सन्ध्यावली, अपचित, बाह्रौँ खेलाडी, लेमिङहरु, रात्रि भोज र नेता साथी जस्ता दर्जनौँ कृतिहरू प्रकाशित छन् । 

चन्द चार पटक प्रधानमन्त्री भएका थिए ।



बिहिबार ०३, फागुन २०८० ०१:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.