शिक्षा क्षेत्रमा हुने भ्रष्टाचारलाई नियन्त्रण गर्न  सरकार कटिबद्ध छ मन्त्री ःदेउवा

युग संवाददाता     167 पटक पढिएको    

शिक्षा क्षेत्रमा हुने भ्रष्टाचारलाई नियन्त्रण गर्न  सरकार कटिबद्ध छ मन्त्री ःदेउवा

धनगढी माघ २८/ सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले शिक्षालाई व्यवसायीक  तथा प्राविधिक र गुणस्तरीय सर्वशुलभ बनाउन प्रदेश सरकार निरन्तर लागी रहेको बताएका छन् ।
शिक्षा क्षेत्रमा हुने भ्रष्टाचारलाई नियन्त्रण गर्न तर्फ  पनि सरकार कटिबद्ध रहेको बताए । आज (आइतबार) कैलालीको गौरीगंगा नगरपालिका वडा नं.ं ५ अण्डैयामा रहेको मोहन्याल माध्यामिक विद्यालयको ४० औं वार्षिकत्सव तथा चारकोठे भवनको उद्घाटन गर्दैैै मन्त्री देउवाले सो कुरा बताए हुन । 
कार्यक्रममा मन्त्री देउवाले विद्यालयको भौतिक संरचनाको सुधार गरेर मात्रै हुँदैन शिक्षाको गुस्तरमा पनि ध्यान दिन जरुरी रहेको बताउँदै सरकारी विद्यालयले शिक्षालाई गुणस्तर बनाउन शिक्षकहरूले ध्यान दिन सके विद्यालयको स्तर बढ्दै जाने बताए । 
सुदूरपश्चिम प्रदेश सरकारको ४६ लाखको लागत बजेटमा विद्यालयको  चार कोठे भवन निमार्ण सम्पन्न भएको छ ।
कार्याक्मका गौरीगंगा नगरपालिका नगर प्रमुख देविदत्त कडेल र उप नगर प्रमुख भोजराज बम लयातको सहभागिता रहेको थियो । 
 



आइतबार २८, माघ २०८० ०२:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.