माईतीघरमा यसरी नाचे लुट्नसके लुट् कान्छा।। गीतमा

लुट्नसके लुट्

युग संवाददाता     923 पटक पढिएको    

माईतीघरमा यसरी नाचे लुट्नसके लुट् कान्छा।। गीतमा

माईतीघरमा यसरी नाचे लुट्नसके लुट् कान्छा।। गीतमा

काठमाडौं । पशुपति शर्माको लुट्न सके लुट् कान्छा बोलको गीतमा स्वतःस्फूर्त नागरिकहरु नाचेर सरकार बिरुद्ध प्रदर्शन गरेका छन् ।  गीत  प्रतिबन्ध लगाएको विरोधमा आईतबार अपराह्न माईतीघर मण्डलामा सार्वजनिक रुपमा सो गीत बजाइएसँगै नागरीक नाचेर बिरोध जनाएका हुन् ।

शुक्रबार युटुवमा राखिएको सो गीत नेकपाका कार्यकर्ता र सरकारी संयन्त्रको चर्को  दबाबपछि युटुबबाट हटाउन लगाईएको थियो।

स्वतन्त्र नागरिकको नामाट आयोजना गरिएको सो कार्यक्रममा अभिव्यक्ति स्वतन्त्रताको प्रतिबन्धित सो गीत सार्वजनिक रुपमा बजाइएको हो । अपराह्न ५ बजे माईतीघर मण्डलामा सार्वजनिक रुपमा बजाइएको गीतमा सहभागी रबै नागरीक नाचेका थिए  ।

शुक्रबार सो गीत सार्वजनिक भएसँगै युवा संघका अध्यक्ष लगायतका नेकपाका नेता तथा कार्यकर्ताहरुले सो गीतको चर्को रुपमा विरोध गरेका छन् ।



आइतबार ०५, फागुन २०७५ ०८:४९ मा प्रकाशित

#sunil

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.