राष्ट्रिय स्वतन्त्र पार्टीद्धारा पुनर्वास नगरपालिकालाई ध्यानाकर्षण

युग संवाददाता     483 पटक पढिएको    

राष्ट्रिय स्वतन्त्र पार्टीद्धारा  पुनर्वास नगरपालिकालाई ध्यानाकर्षण

 

 पुनर्वास जेठ ४ / राष्ट्रिय स्वतन्त्र पार्टी, पुनर्वास समितिल कञ्चनपुरस्थित पुनर्वास नगरपालिकामा सरकारी सवारी साधनको दुरुपयोग भएको भनीे पालिकाको ध्यानाकर्षण गराएको छ ।
पुनर्वास नगरपालिकामा सरकारी नम्बर प्लेट भएका सवारी साधन र ईन्धनको चरम दुरुपयोग भएको गुनासो  आएपछि पालिकालाई खबरदारी गरेको रास्वपा पुनर्वासका सभापति सुरेश गजुरेलले बताउनु भयो । 
व्यक्तिगत काम तथा पारिवारिक सदस्यले उपभोग गर्ने, सिमावर्ती भारतीय बजारमा किनमेल गर्न सरकारी सवारी साधन लाने गरेको समेत जनगुनासो बढेपछी नगरको ध्यानाकर्षण गराएको रास्वपा पुनर्वासका सभापति गजुरेलको भनाई छ ।  यस्तै रक्सी भट्टीमा सवारी कुराएर राख्ने, पालिकाको ट्याक्टर, जेसिवी, भाईब्रेटर जस्ता भारी सवारी साधन समेत घर, आँगन तथा खेतवारि बनाउन उपभोग गर्ने, जिपमा खेतबाट अन्न बाली ढुवानी गर्ने भेटिएको, बिदाका दिन पनि सवारी प्रयोग गर्ने र सवारी साधन चालक अनुमति पत्र नभएका व्यक्तिलाई कानून विपरित सवारी साधन उपलब्ध गराएको भनी रास्वपाले ध्यानाकर्षण गराएको हो । यसैगरी पहुँचवाला कर्मचारीले मात्रै सवारी साधन र इन्धन पाउने कुराको पनि पार्टीले विरोध जनाएको छ ।
रास्वपाले राखेका मागहरु जायज भएको र सुझावहरु दिदा नगरको सुशासन व्यवस्था राम्रो हुने र यस बारे जाँचबुझ गरी कार्यान्वयन प्रकृया अघि बढउने पुनर्वास नगरपालिकाका मेयर तोयप्रसाद शर्माले बताउनु भयो ।



बिहिबार ०४, जेठ २०८० ०८:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal