प्रदेशको विकासका लागि स्थानीय तहसँग सहकार्य गर्ने छौ ः मुख्यमन्त्री  शाह

युग संवाददाता     160 पटक पढिएको    

प्रदेशको विकासका लागि स्थानीय तहसँग सहकार्य गर्ने छौ ः मुख्यमन्त्री  शाह

 

धनगढी बैशाख १/ सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशको समग्र विकासका लागी स्थानीय तहसँग सहकार्य गरेर अघिबढ्ने बताएका छन् ।  बिहीबार   मुख्यमन्त्री  शाहले   धनगढी ६  मोहनापुल– अत्तरिया ६ लेन सडकको धनगढी उपमहानगर क्षेत्रभित्र जडान भएका हाइमास्ट लाइटको  उद्घाटन गरेका थिए ।  

मुख्यमन्त्री कमलबहादुर शाहले बिहीवार हाइमास्ट लाइटको उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा उपप्रमुख कन्दकलाकुमारी रानाले स्वागत मन्तव्य राख्दै धनगढीको भौतिक तथा मानवीय विकासका लागि उपमहानगरले काम गरिरहेको बताइन। उनले सबैको साझा प्रयासबाट धनगढीलाई सुदूरपश्चिमको सुन्दर नगरी बनाउन अहिलेका जनप्रतिनिधिले काम गरिरहेको बताइन।

उज्यालो धनगढी कार्यक्रम अन्तर्गत उपमहानगरले ६ लेन सडकको १० स्थानमा हाइमास्ट लाइट जडान गरेको हो। यो वर्ष नगरको अन्य वडाको मुख्य चोकमा थप पाँच वटा हाइमास्ट जडान गर्ने नगरप्रमुख गोपाल हमालले बताए। उनले नगरवासीको विकासप्रतिको चाहनालाई पूरा गर्न संघ र प्रदेश सरकारसँग मिलेर इमानदारी पूर्वक काम गर्न उपमहानगरपालिको सिङ्गो टिम लागेको बताए।


कार्यक्रममा मुख्यमन्त्री शाहले धनगढी उपमहानगरपालिकाबाट अन्य पालिकाले काम गर्ने तरिका सिक्नुपर्ने बताए। उनले प्रदेश सरकार धनगढीसहित समग्र प्रदेशको पक्षमा काम गर्न इमानदार भएर लाग्ने बताउँदै जनताबाट निरन्तर खबरदारी र मार्गदर्शन प्राप्त हुनुपर्ने बताए। मुख्यमन्त्री शाहले समग्र प्रदेशको विकासका लागि स्थानीय तहसँग सहकार्य गर्दै प्रदेश सरकारले योजना निर्माण गर्ने बताए।

उपमहानगरले ६४ लाख ९९ हजार ७६० रुपैयाँको लागतमा १० वडा हाइमास्ट लाइट जडान गरिएको जनाएको छ। यस्तै, थप ५ वटा हाइमास्ट लाइट जडान गर्दा ३२ लाख ४९ हजार ८८० रुपैयाँ खर्च हुने जनाइएको छ। यो वर्ष १५ वटा हाइमास्ट जडान गर्दा उपमहानगरको आन्तरिक स्रोतबाट ९७ लाख ४९ हजार ६४० खर्च हुने उपमहानगरले जनाएको छ।



शुक्रबार ०१, बैशाख २०८० ०८:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.