बलात्कृत बालिकाको उपचार आर्थिक अभावका कारण भएन

Yugnepal     664 पटक पढिएको    


धनगढी । बलात्कृत भएकी एउटी तीन वर्षीयाको आर्थिक अभावमा उपचार हुनसकको छैन । बलात्कृत भएकी कैलालीको गौरीगंगा नगरपालिकाका तीन वर्षीया रिता चौधरी ९नाम परिवर्तन० को अझैं उपचार हुनसकेको छैन ।

पीडित बालिकालाई अहिले रिंगटा लाग्ने समस्या बढेको उनका बुबाले बताए । पीडित बालिका रीताका बुबा छोरीको उपचारका लागि सहयोग माग्न शुक्रबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टकहा“ पुगेका थिए ।
सो अवसरमा मुख्यमन्त्री भट्टले आइतबारसम्म पीडित बालिकाको अवस्था बुझेर उपचारका लागि सहयोग गरिने आश्वासन दिए ।
तीन वर्षीया बालिकालाई उनका छिमेकी रामबहादुर चौधरी ९नाम परिवर्तन० ले गत चैत २२ गते दिउ“सो बलात्कार गरेको बताइएको छ । बलात्कारको आरोप लागेका रामबहादुरको उमेर १४ वर्षको रहेको छ ।
बालिका रिता बलात्कार भएको घटना सञ्चार माध्यममा अझैं सार्वजनिक भएको छैन । यद्यपि, प्रहरीले भने सो बलात्कार घटनालाई अदालतमा पेस गरिसकेको छ । पीडित बालिकाका बुबाले प्रहरीको सहयोगमा आवश्यक कानूनी प्रक्रिया पुरा गरेको बताए । बालिका रीताका बुबा दृष्टिबिहीन छन् । उनको आर्थिक अवस्था निकै कमजोर रहेको छ । ्
उनले आफ्नी छोरीको उपचार व्यवस्था मिलाइदिन सुदूरपश्चिम प्रदेश सरकालाई लिखित निवेदन दिएका छन् ।
पीडितका बुवाका



आइतबार २९, बैशाख २०७६ ०९:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.