राष्ट्रपति भण्डारी शिक्षण अस्पतालमा भर्ना

युग संवाददाता     126 पटक पढिएको    

राष्ट्रपति भण्डारी शिक्षण अस्पतालमा भर्ना

काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारी भाइरल ज्वरोका कारण महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना भएकीछन ।

राष्ट्रपति भण्डारीको स्वास्थ्यमा समस्या आएपछि परीक्षणका निम्ति अस्पताल भर्ना भएको उनका स्वकीय सचिव भेषराज अधिकारीले राससलाई जानकारी दिए । उनले भने, “राष्ट्रपतिज्यूको शिक्षण अस्पतालमा परीक्षण चलिरहेको छ ।

भाइरल ज्वरोको आशङ्का गरिएको छ । अहिले स्वास्थ्य परीक्षण भइरहेको छ ।” स्वकीय सचिव अधिकारीका अनुसार राष्ट्रपति भण्डारीलाई शुक्रबारदेखि रुघाखोकी र ज्वरो आएको थियो । 



शनिबार २२, असोज २०७९ ०९:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.