प्युठानमा पहिरो अपडेट: तीन जनाको शव फेला,बाँकी अझै बेपत्ता

युग संवाददाता     126 पटक पढिएको    

प्युठानमा पहिरो अपडेट: तीन जनाको शव फेला,बाँकी अझै बेपत्ता

प्युठान / प्युठानको माण्डवी गाउँपालिका-४ फरिण्डेमा पहिरोमा परेर बेपत्ता भएका ६ मध्ये ३ जनाको शव आज भेटिएको छ । फरिण्डेका ५५ वर्षीया थमा बुढामगर, २१ वर्षीया टेकी राहुँ र १८ वर्षीया मौसमी थापामगरको शव भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरिक्षक सुशील थापाले जानकारी दिए ।

उनका अनुसार पहिरोमा बेपत्ता भएका ६० वर्षीय बोम बहादुर राहुँ, ४ वर्षीय सुशान राहुँ र ६० वर्षीय हीराबहादुर थापाको अबस्था भने अझै अज्ञात छ । उनीहरूको खोजी कार्य भइरहेको प्रहरी निरिक्षक थापाले बताए । शुक्रबार दिउँसो घर माथिबाट आएको पहिरोले बोमबहादुर राहुँको घर पुर्दा दुई घर परिवारका ६ जना बेपत्ता भएका थिए ।



शनिबार २२, असोज २०७९ ०९:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.