सन्दीपको आफ्नो वकिलाई भेटने माग प्रहरीले अस्वीकार गरेपछि

युग संवाददाता     147 पटक पढिएको    

सन्दीपको आफ्नो वकिलाई भेटने माग प्रहरीले अस्वीकार गरेपछि

काठमाडौं / सन्दीपको आफ्नो वकिललाई भेटेर आत्मसमर्पण गर्ने माग  प्रहरीले अस्वीकार गरेको छ 

उनले प्रहरीसङ्ग वकिल सरोजकृष्ण घिमिरेको उपस्थितिमा आत्मसमर्पण गर्ने भन्दै सहयोगका लागि आग्रह गरेको भएपनी प्रहरीले उनको यो मागलाइ अस्वीकार गरेको हो । त्यसपछि अधिवक्ता घिमिरे प्रहरी वृत्त, गौशाला पुगेका थिए तर भेट्न खोज्दा निवेदन दिनुपर्छ भनेपछि प्रहरीले गोपनियता कायम नगरेको घिमिरेले आरोप लगाएका छन ।

उनले म नआइपुग्दै प्रहरी विमानस्थलमा पुगेर नियन्त्रणमा लिइसकेको बताएका छन। लामिछानेविरुद्ध बलात्कारको आरोप लागेका सन्दीपले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी भएपछि बिहीबार कतार एयरवेजको विमानबाट काठमाडौं आएका छन ।

विमानस्थलबाट नियन्त्रणमा लिएलगत्तै प्रहरीले सन्दीपलाई मेडिकल जाँचका लागि केएमसी अस्पताल लगेको थियो । त्यहाँबाट अहिले उनलाई गौशाला लगिएको छ ।



बिहिबार २०, असोज २०७९ ०७:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.