जाजरकोटका किसानलाई आधा मूल्यमा बीउ वितरण

युग संवाददाता     140 पटक पढिएको    

जाजरकोटका किसानलाई आधा मूल्यमा बीउ वितरण

जाजरकोट / भेरी नगरपालिका कृषि विकास शाखा जाजरकोटले आधा मूल्य अनुदानमा आलु र अन्य तरकारीका बीउ वितरण गरेको छ ।

चालु आर्थिक वर्षको प्रथम चौमासिक कार्यक्रम अनुसार कार्यालयको ५० प्रतिशत मूल्य अनुदान र कृषकको ५० प्रतिशत मूल्य सहभागितामा आलु तथा तरकारीको बीउ वितरण गरिएको हो । करिब ७० क्वीन्टल आलुको बीउ र अन्य तरकारीको बीउ दुई सय बढी किसानलाई वितरण गरिने छ । स्याउली सेवा केन्द्र र खलङ्गाबाट उक्त बीउ वितरण गरिएको कृषि विकास शाखाका प्रमुख यज्ञ अधिकारीले जानकारी दिए ।

उन्नत बीउ प्रयोग गरी उत्पादन बढाउन र तरकारी खेतीमा किसानलाई हौसला प्रदान गरी व्यावसायिकतातर्फ उन्मुख गराउन बीउमा अनुदान दिएको अधिकारीले बताए । वर्षर्नी पालिकाले मूल बीउ उत्पादनदेखि वितरण गर्दै आएको छ । 



शनिबार १५, असोज २०७९ ०४:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.