भारतीय दूतावासले मनायो भारतको ७६औं स्वतन्त्रता दिवस

युग संवाददाता     635 पटक पढिएको    

भारतीय दूतावासले मनायो भारतको ७६औं स्वतन्त्रता दिवस

काठमाडौं / नेपालस्थित भारतीय दूतावासले भारतको ७६औं स्वतन्त्रता दिवस मनाएको छ।काठमाडौंको लैनचौरमा रहेको भारतीय दूतावासले सोमबार एक समारोहको आयोजना गरी सो स्वतन्त्रता दिवस मनाएको हो।

भारतीय झण्डा फहराएर सुरु गरिएको कार्यक्रममा दूतावासका काउन्सिलर प्रशन्न श्रीवास्तवले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रको नाममा दिएको सन्देश पढेर सुनाएका थिए।

कार्यक्रममा भारतीय सेनामा रहेका मृतकका परिवारलाई समेत सम्मान गरिएको थियो। त्यस अवसरमा भारतीय स्वतन्त्रता आन्दोलनमा वीरगति प्राप्त गरेकाहरुको सम्मानमा गीत, संगीत प्रस्तुत गरिएको थियो। 



सोमबार ३०, साउन २०७९ ०६:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal