धनुषाको  वीरेन्द्रबजारमा बस दुर्घटना हुँदा २० जना घाइते

युग संवाददाता     224 पटक पढिएको    

धनुषाको  वीरेन्द्रबजारमा  बस दुर्घटना हुँदा २० जना घाइते

धनुषा / पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको  वीरेन्द्रबजारमा यात्रुवाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । काठमाडौंबाट काकड्भिटातर्फ जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९७१९ नम्बरको बस वीरेन्द्रबजारको गोलघर नजिक दुर्घटना भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका पाँचै जनाको प्रादेशिक अस्पतालमा जनकपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय भरतपुर धनुषाका प्रहरी नायव निरीक्षक मनोज कर्णले बताए । सामान्य घाइते भएकाहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।



सोमबार २३, साउन २०७९ १०:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.