बलात्कार आरोपित नेगी प्रहरी नियन्त्रणमा

युग संवाददाता     330 पटक पढिएको    

बलात्कार आरोपित नेगी प्रहरी नियन्त्रणमा

बैतडी / बलात्कार गरेको आरोप लागेको बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसका निवर्तमान प्रमुख राजेन्द्र नेगीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले प्रहरीमा उपस्थित भइ आइतबार आफै गिरफ्तारी दिएपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 
नेगीले बैतडीमा कार्यरत एक महिला मजदुरलाई बलात्कार गरेको आरोप लागेको छ । पीडितले नेगीविरुद्ध ती असार २९ गते इलाका प्रहरी कार्यालय पाटनमा जबरजस्तीकरणीको मुद्दा दर्ता गरेकी थिइन । मुद्दा दर्ता भएपछि प्रहरीले आरोपित नेगीको खोजी सुरु गरेको थियो । तर, आज नेगी आफै जिल्ला प्रहरी कार्यालय बैतडीमा पुगेका छन् । प्रहरीले घटनाको छानविन चलिरहेको बताएको छ । नेगीले क्याम्पस प्रमुख पदबाट यसअघि नै राजीनामा दिएका थिए । 



आइतबार ०१, साउन २०७९ ०९:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.